तीन जना सहसचिवलाई परराष्ट्र मन्त्रालयमा सरुवा


नेपाल पाना प्रकाशित: २०७६-४-१७ गते
तीन जना सहसचिवलाई परराष्ट्र मन्त्रालयमा सरुवा

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा रहेका तीन जना सहसचिवलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको छ । विभिन्न देशमा रिक्त महावाणिज्य दूत र मिनिस्टर इकोनोमिकमा पदपूर्ति गर्न तीन जना सहसचिवलाई परराष्ट्र मन्त्रालयमा सरुवा गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ती सहसचिवलाई परराष्ट्र मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो । यसरी परराष्ट्र मन्त्रालयमा सरुवा हुने सहसचिवमा अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेल, पर्यटन मन्त्रालयकी नीता पोख्रेल र राष्ट्रपति कार्यालयका छविन्द्र पराजुली छन् ।

सरकारद्वारा परराष्ट्र मन्त्रालयमा सरुवा गरिएकामध्ये पौडेललाई चीनस्थित गोन्जाओ महावाणिज्य दूतावासको महावाणिज्य दूतका लागि पठाइने करिब करीब निश्चित छ ।

यसैगरी, पोख्रेल र पराजुलीलाई दिल्लीस्थित भारतीय दूतावासको मिनिस्टर इकोनोमिक र बेइजिङस्थित राजदूतावासको मिनिस्टर इकोनोमिकमा पठाइने तयारी गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

चीनस्थित गोन्जोओ र बेइजिङ दूतावासका ती पदहरू एक वर्षदेखि रिक्त थिए भने दिल्लीस्थित नेपाली दूतावासको मिनिस्टर इकोनोमिक पद दुई महिनादेखि रिक्त थियो । ती पदमा जानका लागि झन्डै आधा दर्जन सहसचिव दौडधूपमा थिए । राजधानी दैनिकबाट


जता जंगल उतै डोजर, दुर्लभ र बहुमूल्य जडीबुटी विनाश
जता जंगल उतै डोजर, दुर्लभ र बहुमूल्य जडीबुटी विनाश

काठमाडौँ । डडेलधुरा गोगनका हरि नाथ ०५९ सालमा आफनो गाउँ जोडने सडक निर्माण सुरु हुँदा १७ वर्षका थिए । गोगन हुँदै अमरगढी नगरपालिकाको चिर्किट्टे पुग्ने उक्त सडकको उपभोक्ता समितिमा..

सूचना प्रविधि विधेयकमा सजाय घटाउन सकिन्छः बाँस्कोटा
सूचना प्रविधि विधेयकमा सजाय घटाउन सकिन्छः बाँस्कोटा

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकमा रहेका दण्डरसजायका प्रावधानमा सुधार गर्न सकिने बताएका छन् ।  विद्युतीय माध्यमबा..

कोरोना भाइरस छिर्न नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाई
कोरोना भाइरस छिर्न नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाई

काठमाडौं । कोरोना भाइरसको संक्रमण हुन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा कडाइ गरिएको छ । विमानस्थलमा विदेशबाट आउने सबै नागरिकको स्वास्थ्य जाँच गर्न थालिएको छ । कसैल..

सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकारलाई भ्याइ न भ्याइ
सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकारलाई भ्याइ न भ्याइ

काठमाडौँ । सरस्वती पूजा नजिकिँदै जाँदा मूर्तिकार उत्तिमलाल पण्डितलाई भ्याइ न भ्याइ छ। गिलो माटोलाई कलात्मक र आकर्षक रुप दिन व्यस्त पण्डित यसै कमाईले बर्सेनि लाखौं आम्दानी गर्द..