बौद्ध धर्मावलम्बीले मनाउने गुँला पर्व सुरु, किन मनाइन्छ गुँला पर्व ?


नेपाल पाना प्रकाशित: २०७६-४-१७ गते
बौद्ध धर्मावलम्बीले मनाउने गुँला पर्व सुरु, किन मनाइन्छ गुँला पर्व ?

काठमाडौं । गुँला पर्व शुक्रबारदेखि सुरु भएको छ । बौद्ध धर्मावलम्बीले मनाउने गुँला पर्व सुरु भएको हो । हरेक बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथै बौद्ध मन्दिर तथा बिहारको परिक्रमा गरेर एक महिनासम्म यो पर्व मनाउने गरिन्छ ।

भक्तजनले स्वयम्भू महाचैत्यको दर्शन परिक्रमापछि शोभाभगवतीसँगै विजयश्वरी र सेतो मत्स्येन्द्रनाथको पनि परिक्रमा गर्छन् । करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शनपछि उनीहरू विभिन्न बौद्ध मन्दिर तथा बिहार परिक्रमा गरी आ–आफ्ना घर फर्कन्छन् ।

विशेषगरी नेवार समुदायमा बौद्ध धर्मावलम्बीले शृङ्गभेरी अर्थात् सिंग बाजा फुकाउन लगाएर स्वयम्भू महाचैत्यको पूजा गर्छन् । काठमाण्डौका भित्री टोलका शाक्य, बज्राचार्य, सायमी, उदाय र महर्जन समुदायका गुँला बाजा समूह, दिनहुँ बाजा गाजासहित स्वयम्भू परिक्रमा गर्ने चलन छ ।

गुँला महिनामा स्वयम्भूमा उपत्यकाबाट मात्र नभएर उपत्यका बाहिरबाट एक महिनासम्म दिनहुँ २५ हजारभन्दा धेरै भक्तजन पुग्ने गर्छन् । पर्वभरी बौद्ध स्तोत्र, धारणी, नामसंगीति तथा सद्धधर्मग्रन्थ पाठ गरिन्छ । यो पर्वकै बेला नागपञ्चमी, यलपञ्दान, रक्षाबन्धन, जनैपूर्णिमालगायतका मेला पनि लाग्ने गर्छ ।


काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक
काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक

काठमाडौं । शुक्रबार काठमाडौंस्थित खुलामञ्चमा सांस्कृतिक कार्यक्रम गरेर गौरा पर्व मनाएका छन् । कार्यक्रममा देउडा नाचका साथै सुदूरपश्चिमका अरु सांस्कृतिक प्रस्तुति पनि देखाइए..

आज श्री कृष्णको जन्म दिनको मनाइदैँ, कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो
आज श्री कृष्णको जन्म दिनको मनाइदैँ, कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो

काठमाडौं । आज भगवान श्रीकृष्णको जन्म भएको दिनको सम्झनामा देशभरका कृष्ण जन्माष्टमी मनाइँदै छ । देशभरका कृष्ण मन्दिरमा शुक्रबार बिहानैदेखि श्रद्धालुको घुइँचो लागेको छ । श्रद्..

गौरा पर्वका दिन सुदूरपश्चिममा सार्वजनिक बिदा
गौरा पर्वका दिन सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढी । गौरा पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर..

दिवंगत आत्माको सम्झनामा आजदेखि गाईजात्रा शुरू
दिवंगत आत्माको सम्झनामा आजदेखि गाईजात्रा शुरू

काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ। आजको दिन एक वर्षभित्र..