औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा


नेपाल पाना प्रकाशित: २०७६-४-१८ गते
औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा

काठमाडौं । लुम्बिनीमा भइरहेको विकास निर्माण र आसपासका क्षेत्रमा बनिरहेका औद्योगिक संरचनाले लुम्बिनी ‘खतरा’मा पर्दै गएको छ।

विश्वसम्पदा सूचिमा रहेको लुम्बिनीलाई बचाउन संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९युनेस्को०ले आग्रह गरिरहेको छ। तापनि लुम्बिनीमा जथाभावी संरचना निर्माण एवं प्रदुषण रोकिएको छैन।

लुम्बिनी क्षेत्र पछिल्लो समय मुलुककै सबभन्दा प्रदुषण हुने क्षेत्र बनेको छ। यहाँ रहेका उद्योग र बन्दै गरेका विकास निर्माणले प्रदुषण उच्च बनाएको हो। भारतीय सीमावर्ती क्षेत्रका उद्योग समेत लुम्बिनीका लागि चुनौति बनेका छन्।

लुम्बिनीको महत्वपूर्ण प्रमाण अशोक स्तम्भ क्षयिकरणले यो अत्याधिक जोखिममा रहेको पुष्टि गरेको छ। सन् २०१३ मै युनस्कोले जापानिज बैज्ञानिकमार्फत अशोक स्तम्भको अध्ययन गर्दै क्षयीकरण भइरहेको प्रतिबेदन नेपाललाई बुझाएको थियो। पिलरमा प्रदुषणको धुलो टासिदा क्षति भइरहेको भन्दै त्यसलाई रोक्नुपर्ने प्रतिवेदनमा उल्लेख थियो।

आधा दशक हुँदा समेत अशोक पिलर संरक्षणका लागि उपाय थालिएको छैन। धुलोमा जिप्सम नामक केमिकल उत्पादन भई अशोक पिल्लरमा टासिने गरेको देखिएको छ।

गुरुयोजना विपरीत लुम्बिनीमा कैयौं संरचना निर्माण भएका छन्। विकास कोषमा राजनीतिक नियुक्ती पाउने पदाधिकारीको स्वार्थका कारण त्यस्ता संरचना जथाभावी थपिने गरेका छन्। यी संरचनालाई युनेस्कोले मापदण्डविपरीत भन्दै आएको छ। अन्नपूर्णपोष्टबाट


मुलुकभर चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान बजाउनुपर्ने
मुलुकभर चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान बजाउनुपर्ने

काठमाडौं । संविधान दिवसका दिनदेखि मुलुकभरका फिल्म हलले चलचित्र सुरु गर्नुअघि अनिवार्य रुपम राष्ट्रिय गान बजाउनुपर्ने भएको छ ।  असोज ३ मा संविधान दिवस मनाउनका लागि मूल..

काठमाडौं-निजगढ फास्ट ट्र्याकको डीपीआर स्वीकृत
काठमाडौं-निजगढ फास्ट ट्र्याकको डीपीआर स्वीकृत

काठमाडौं । काठमाडौं-निजगढ फास्ट ट्र्याक निर्माणको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० स्वीकृत भएको छ । तीन दिनअघि बसेको मन्त्रिपरिषद बैठकले डीपीआर स्वीकृत गरेको प्रधानमन्त्री..

मेट्रो रेलमा भारतीय र चिनीयाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु 
मेट्रो रेलमा भारतीय र चिनीयाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु 

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर) का लागि भारत र चिनियाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ ।  लगानी ब..

वर्षमा दुईथरी दूधको मूल्य निर्धारण गरिने
वर्षमा दुईथरी दूधको मूल्य निर्धारण गरिने

काठमाडौं । दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ ।  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूध बढी उत्पादन हुने सिजनमा र क..