एउटा मुद्दा लड्न गाडी भाडा मात्रै १४ लाख


नेपाल पाना प्रकाशित: २०७६-४-१८ गते
एउटा मुद्दा लड्न गाडी भाडा मात्रै १४ लाख

काठमाडौं । जिल्ला अदालतको त्रुटीपूर्ण फैसलाले आफु अन्यायमा परेको भन्दै उदयपुरको त्रियुगा नगरपालिका–११ चप्पनकी देवीमाया कटुवाल निर्णय बदरको माग गर्दै ३ वर्षदेखि उच्च अदालत ओखलढुंगा धाइन् । सरकारवादी यस मुद्दामा उच्च अदालतले जिल्लाकै निर्णय सदर ग¥यो ।

देवीमायासँग अदालतको फैसला स्वीकार्नुको विकल्प थिएन । अझै अदालत धाउँदाको खर्च र पीडा थेगी नसक्नु भयो । अदालत धाउँदा ३ वर्षमा गाडी भाडा मात्र १४ लाख रुपैयाँ बुझाएको उनले बताईन् । खान, बस्न र कानुन व्यवसायीको खर्च बेग्लै छ । ‘भौगोलिक विकटताले जानआउन र मुद्दा पेसीको दिन गरी तीन दिन लाग्छ । खर्चको हिसावले एक पटकमा लगभग ५० हजार लाग्छ’, उनले भनिन्, ‘भनेको बेला गाडी पाईदैन । त्यसमाथी बसको यात्रा जोखिम छ, ढिला हुन्छ भनेर कानुन व्यवसायी सार्वजानिक यातायातमा जान मान्दैन । गाडी रिजर्व गर्नुपर्छ ।’

गाडी रिजर्व लिएर जाँदा तीन दिनको २५ देखि ३० हजार लिन्छ । बाँकी आफु, साक्षी, सहयोगी, कानुन व्यवसायीको खाना र बास खर्च २० देखि २५ हजार लाग्ने उनले बताइन् । भन्छिन्, ‘कहिले काहीँ त महिनामा तीन पटकसम्म पेसी तोकियो । महिनामै डेढ लाखसम्म खर्च भयो ।’ गरिबलाई मात्र होइन हुने खानेलाई समेत उच्च अदालत धाउन महंगो पर्छ । कपितय पीडित उच्च अदालत धाउन बढी खर्च हुने हुनाले नगएकै बेस भन्दै पीडा सहन, लुकाउन बाध्य हुने गरेको नेपाल बार एशोसियसन उदयपुर इकाइका पुर्वअध्यक्ष श्यामन्द चौधरीले बताए । अन्नपूर्णपोष्टबाट


मेलम्ची पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न मन्त्री मगरको निर्देशन
मेलम्ची पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न मन्त्री मगरको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न निर्देशन दिएकी छन् ।   उनले बिहीबार निर्माणस्थल नि..

अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !
अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !

काठमाडौं । भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ । उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उ..

निर्माणाधीन ढल्केवर सबस्टेसन पुसभित्रै सञ्चालन हुने
निर्माणाधीन ढल्केवर सबस्टेसन पुसभित्रै सञ्चालन हुने

धनुषा । निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।   निर्माण सम्पन्न हुने चरणमा पुगेको ४५६..

चिकित्साका विद्यार्थीद्वारा परीक्षा बहिष्कार
चिकित्साका विद्यार्थीद्वारा परीक्षा बहिष्कार

काठमाडौँ । शुल्क फिर्ताको माग लिएर आन्दोलित चिकित्साशास्त्रका विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन् । चितवन र युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले बुधबार बीडीएस र नर्सिङ विष..