राष्ट्रपति–प्रधानमन्त्रीको तलब १८ प्रतिशतले बढ्यो


नेपाल पाना प्रकाशित: २०७६-४-१८ गते
राष्ट्रपति–प्रधानमन्त्रीको तलब १८ प्रतिशतले बढ्यो

काठमाडौं । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यसम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब बृद्धि गरेको हो ।

सरकारले जेठ १५ मा ल्याएको राष्ट्रसेवक कर्मचारीको तलब बृद्धि गरेको थियो । कार्यालय सहायकदेखि नायब सुब्बासम्मको २० र अधिकृतदेखि मुख्यसचिबसम्मको तलब १८ प्रतिशतले बृद्धि गरेको थियो । त्यतिबेला सरकारले बिशिष्ट पदाधिकारीको तलब बृद्धि गरेको थिएन ।

स्रोतका अनुसार राष्ट्रध्यक्षको तलबमा २७ हजार ८१ रुपैंयाँ बढेको छ । राष्ट्रपतिको तलब १ लाख ५० हजार ४ सय ५० बाट बढेर १ लाख ७७ हजार ५ सय ३१ पुगेको छ । उपराष्ट्रपतिको तलब मासिक १ लाख ६ हजार ३० बाट बढेर १ लाख २५ हजार १ सय १५ रुपैंयाँ पुगेको छ ।

प्रधानमन्त्रीको तलब १३ हजार ९ सय १० बढेको छ । प्रधानमन्त्रीको तलब ७७ हजार २ सय ८० बाट बढेर ९१ हजार १ सय ९० पुगेको छ । कान्तिपुर दैनिकबाट


मेलम्ची पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न मन्त्री मगरको निर्देशन
मेलम्ची पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न मन्त्री मगरको निर्देशन

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको निर्माण पुसभित्रै सम्पन्न गर्न निर्देशन दिएकी छन् ।   उनले बिहीबार निर्माणस्थल नि..

अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !
अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !

काठमाडौं । भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ । उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उ..

निर्माणाधीन ढल्केवर सबस्टेसन पुसभित्रै सञ्चालन हुने
निर्माणाधीन ढल्केवर सबस्टेसन पुसभित्रै सञ्चालन हुने

धनुषा । निर्माणाधीन ४०० केभी ढल्केवर सबस्टेसन पुसभित्र सञ्चालन गर्न सकिने अवस्थामा पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।   निर्माण सम्पन्न हुने चरणमा पुगेको ४५६..

चिकित्साका विद्यार्थीद्वारा परीक्षा बहिष्कार
चिकित्साका विद्यार्थीद्वारा परीक्षा बहिष्कार

काठमाडौँ । शुल्क फिर्ताको माग लिएर आन्दोलित चिकित्साशास्त्रका विद्यार्थीले परीक्षा बहिष्कार गरेका छन् । चितवन र युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले बुधबार बीडीएस र नर्सिङ विष..