भिडभाड हुने ठाउँमा नक्कली नोटको कारोबार बढ्यो


नेपाल पाना प्रकाशित: २०७६-४-१८ गते
भिडभाड हुने ठाउँमा नक्कली नोटको कारोबार बढ्यो

धनगढी । पछिल्लो दुई महिनामा धनगढीमा तीन पटक नक्कली नोट फेला परेपछि धनगढीको नक्कली नोटको चूनौति थपिएको छ । नक्कली नोट कारोबारीहरुले भिडभाड हुने ठाउँमा नक्कली नोट प्रयोग गर्ने गरेका छन् ।

धनगढीस्थित सेती अस्पतालमा दुई पटक र पिपल चौताराको तरकारी पसलमा नक्कली नोट फेला परेको थियो । पछिल्लो पटक सेती अस्पतालमा नक्कली नोट सटही गर्ने एक जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ ।

कैलारी गाउँपालिका-५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरीलाई प्रहरीले ? एक हजार दरका २१ वटा नक्कली नोटसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए । एक हजारका १७ वटा नक्कली नोट दिएर पाँच सय दरका नोट सटही गर्न लागेको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

धनगढीस्थित सेती अस्पतालको फार्मेसीमा उनले नोट सटही गर्न लागेको प्रहरीलाई सूचना पुगेपछि प्रहरीले उनको खोजी गरेको थियो । हुलियाको आधारमा चौधरीलाई प्रहरीले उप-महानगरपालिका-१, मा रहेको उनको डेराबाट पक्राउ गरेको थियो ।

अदालतबाट म्यादथप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । केही दिन अगाडि पनि सेती अस्पताल र धनगढीको पिपल चौतारास्थित तरकारी पसलमा नक्कली नोट फेला परेको थियो । एकपछि अर्को गर्दै धनगढीमा नक्कली नोट फेला पर्न थालेपछि वित्तीय कारोबार हुने संस्था, पसल, अस्पतालमा चुनौती थपिनुका साथै प्रहरीलाई समेत चूनौति थपिएको छ ।


‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुल्ने पक्राउ
‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुल्ने पक्राउ

जनकपुर। सडकमा हिँड्नेसँग रकम असुली गर्ने एक जना पक्राउ परेका छन् । ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै रकम असुली गर्ने  बस्ने ३० वर्षीय प्रतिक कुमार चौध..

भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने सरकारको तयारी
भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले संवेदनशिल भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने भएको छ । चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्ने देखिएपछि राजस्व चुहावट नियन्त्रण उच्चस्त..

आईसीयूबाटै पक्राउ परेका सिद्धबाबालाई पुनः सात दिन थुनामा राख्न अदालतले दिए अनुमति
आईसीयूबाटै पक्राउ परेका सिद्धबाबालाई पुनः सात दिन थुनामा राख्न अदालतले दिए अनुमति

विराटनगर ।  सिद्धबाबा भनिने कृष्ण गिरीलाई अनुशन्धानका लागि भन्दै पुनः सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।  अनुशन्धान नसकिएको भन्दै  आज सुनसरी जिल्ल..

न्यायपरिषद सदस्यबाट वैदिकले दिए राजीनामा
न्यायपरिषद सदस्यबाट वैदिकले दिए राजीनामा

काठमाडौं। न्यायपरिषद सदस्य पदम वैदिकले परिषद सदस्यबाट राजीनामा बुझाएको छ । सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा सिफारिस हुने निश्चित भएपछि उनले राजीनामा बुझाउने निर्णय..