जनावरलाई हानेको गोली टाउकोमा लाग्दा युवकको मृत्यु


नेपालपाना प्रकाशित: २०७६-४-१९ गते
जनावरलाई हानेको गोली टाउकोमा लाग्दा युवकको मृत्यु

डोटी । जनावरलाई हानेको गोली लागेर डोटीको आदर्शनगर गाउँपालिका–५, तल्लो डाडावनका १९ वर्षीय तपेश लुहारको मृत्यु भएको छ । 

सोही स्थानका ५० वर्षीय जंगे भुलले जनावर धपाउन भरुवा बन्दुकबाट चलाएको गोली लागेर लुहारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

शनिबार राती ११ बजेतिर डाँडावनमा आएका जंगली जनावर धपाउन भुलले गोली प्रहार गरेको र सो गोली लुहारको टाउकोमा लागेको बताईएको छ । 

घटनाबारे थप अनुुसन्धान गर्न अहिले प्रहरी टोली घटनास्थल पुगेको छ । गोली प्रहार गर्ने जंगे भुल र घटनामा प्रयोग भएको बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।


जापानमा भयानक रेल दुर्घटना ट-यो, सबै यात्रु सुरक्षित
जापानमा भयानक रेल दुर्घटना ट-यो, सबै यात्रु सुरक्षित

टोकियो । जापानमा प्रतिघण्टा २८० किलोमिटरको गतिमा गुडिरहेको एउटा रेलको ढोका अचानक खुलेपनि भयानक दुर्घटना टरेको छ ।  बुधबार भएको सो घटनामा ढोका खुलेपछि पनि रेल ४ किलोमिट..

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता
नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता भएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकर आज स्व..

भोलि हिन्दू धर्मावलम्बीको महान् पर्व कृष्ण जन्माष्टमी, प्रदेश २ मा सार्वजनिक बिदा
भोलि हिन्दू धर्मावलम्बीको महान् पर्व कृष्ण जन्माष्टमी, प्रदेश २ मा सार्वजनिक बिदा

काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिइएको छ ।  प्रदेश २ सरकारले जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने न..

भरुवा बन्दुकसहित बल बहादुर पक्राउ
भरुवा बन्दुकसहित बल बहादुर पक्राउ

वर्दिया । भरुवा बन्दुकसहति बारबर्दिया नगरपालिका-५ बस्ने बल बहादुर थारु पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय जयनगरबाट प्रहरीले थारुको घर तलासी गर्ने क्रममा उक्त बन्दुक तथा..