रहिनन् भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराज 


नेपालपाना प्रकाशित: २०७६-४-२२ गते
रहिनन् भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराज 

नयाँदिल्ली । भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको मंगलबार राती निधन भएको छ । 

प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको अघिल्लो मन्त्रीपरिषद्मा विदेशमन्त्री रहेकी स्वराजको निधन दिल्लीको एम्स अस्पतालमा भएको सञ्चारमाध्यहरुले जनाएका छन् । स्वराजले लामो समयदेखि मुटुको समस्या झेल्दै आएकी थिईन । 

स्वराजको पार्थिव शरीर बुधबार दिउँसो १२ बजेदेखि ३ बजेसम्म अन्तिम श्रद्धान्जलीको लागि पार्टी कार्यालयमा राखिने र दिउँसो ४ बजे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भाजपाले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपाका अध्यक्ष अमित शाह, कांग्रेस नेता राहुल गान्धी लगायतले ट्वीट गरेर स्वराजप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 
राजनीतिका अलावा स्वराज दर्शनशास्त्र र संस्कृत साहित्यकी धुरन्धर ज्ञाता समेत थिईन् ।


‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुल्ने पक्राउ
‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुल्ने पक्राउ

जनकपुर। सडकमा हिँड्नेसँग रकम असुली गर्ने एक जना पक्राउ परेका छन् । ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै रकम असुली गर्ने  बस्ने ३० वर्षीय प्रतिक कुमार चौध..

भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने सरकारको तयारी
भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले संवेदनशिल भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने भएको छ । चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्ने देखिएपछि राजस्व चुहावट नियन्त्रण उच्चस्त..

आईसीयूबाटै पक्राउ परेका सिद्धबाबालाई पुनः सात दिन थुनामा राख्न अदालतले दिए अनुमति
आईसीयूबाटै पक्राउ परेका सिद्धबाबालाई पुनः सात दिन थुनामा राख्न अदालतले दिए अनुमति

विराटनगर ।  सिद्धबाबा भनिने कृष्ण गिरीलाई अनुशन्धानका लागि भन्दै पुनः सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।  अनुशन्धान नसकिएको भन्दै  आज सुनसरी जिल्ल..

न्यायपरिषद सदस्यबाट वैदिकले दिए राजीनामा
न्यायपरिषद सदस्यबाट वैदिकले दिए राजीनामा

काठमाडौं। न्यायपरिषद सदस्य पदम वैदिकले परिषद सदस्यबाट राजीनामा बुझाएको छ । सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा सिफारिस हुने निश्चित भएपछि उनले राजीनामा बुझाउने निर्णय..