वामदेवलाई उम्मेदवार बन्न ओलीको प्रस्ताव


नेपालपाना प्रकाशित: २०७६-४-२२ गते
वामदेवलाई उम्मेदवार बन्न ओलीको प्रस्ताव

काठमाडौं । कास्की क्षेत्र नम्बर-२ मा रिक्त प्रतिनिधिसभा सदस्यका लागि कात्तिकमा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता वामदेव गौतमलाई उम्मेदवार बन्न दबाब बढेको छ । गौतमलाई पार्टीका शिर्ष नेताहरुले नै उम्मेदवार बन्न प्रस्ताव गरेका हुन् ।

नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई उम्मेदवार बन्न भनिसकेका छन् । अर्का अध्यक्ष प्रचण्ड पनि गौतमलाई उम्मेदवार बनाउनुपर्ने पक्षमा छन् । रिपोर्टर्स नेपालका लागि ऋषि धमलासँग कुरा गर्दै गौतमले आफूलाई पार्टीभित्रबाट उम्मेदवार बन्न आग्रह भइरहेपनि निर्णय लिइनसकेको बताए । उनले भने, चुनाव लड्न भनेपनि मैंले निर्णय लिएको छैन ।
बदिर्याबाट गएको संसदीय चुनावमा नेपाली काँग्रेसका सञ्जय गौतमसँग पराजित भएपछि गौतम अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट भएका थिए । पछिल्लो समय पार्टीभित्र महत्वपूर्ण शक्ति रहेका गौतमलाई साथमा लिन ओलीले कास्की २ बाट उम्मेदवार बनाउन खोजेको विश्लेषण भइरहेको छ ।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि कास्की-२ मा प्रतिनिधिसभा सदस्य पद रिक्त छ । उक्त स्थानमा रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई चुनाव उठाउने चर्चा चल्दै आएको छ ।

निर्वाचन आयोगले तीन तहका सबै खाली सिटहरुमा १३ कात्तिकमा निर्वाचन गर्ने तय गरिसकेको छ । खाली सिटहरुमा उम्मेदवार बन्न सक्रियता बढिसकेको छ ।


मेयर द्धारिकलाल चौधरीले एकैदिन हटाए १२ जना कर्मचारी
मेयर द्धारिकलाल चौधरीले एकैदिन हटाए १२ जना कर्मचारी

इटहरी । इटहरीका मेयर द्धारिकलाल चौधरीले एकल निणर्य गरी सोमबार १२ जना कर्मचारीलाई निकालिदिएका छन् । चौधरीले करार सम्झौता सकिएको समयमा नवीकरण नगरी इटहरी उपमहानगरपालिकामा कार्यरत..

कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि संशोधन
कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि संशोधन

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका फेरि संशोधन गरेको छ।  सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी कार्यालय ललितपु..

राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ
राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालयमा सोमबार धर्ना दिन गएका १२ जना मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएकोम..

‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’
‘एमसीसीमा बहस भइरहेको छ, हतार गर्नु पर्दैन’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे हतार गर्नु नपर्ने बताएका छन् ।  नवनिर्वाचित सभामुख सापकोटाले एमसीसीबारे बहस भइरहेको भ..