विप्लवको पक्षमा बोल्दै भावुक भए लेखराज, प्रधानमन्त्री र गृहमन्त्रीलाई यस्तो चेतावनी, पूर्वएमालेको पोल खोल्दा प्रचण्ड...


नेपालपाना प्रकाशित: २०७६-४-२३ गते
विप्लवको पक्षमा बोल्दै भावुक भए लेखराज, प्रधानमन्त्री र गृहमन्त्रीलाई यस्तो चेतावनी, पूर्वएमालेको पोल खोल्दा प्रचण्ड...

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्ट  पूर्वसहयोद्धा नेत्रविक्रम चन्द ‘विप्लव’लाई सम्झिएर भावुक बनेका छन्। विगतमा विप्लव आफ्नै घरमा बसेको र सुदूरपश्चिममा पार्टीको काम सँगै गरेको स्मरण गर्दै नेता भट्टले विप्लव समूहसँग वार्ता गर्न उच्चस्तरीय समितिको माग पनि गरे। 

नेता भट्टले एकातिर वार्ता र अर्काेतिर दमन गरेर दोहोरो चरित्र प्रस्तुत नगर्न सरकारको ध्यानाकर्षण गर्दै वार्तामा मात्रै केन्द्रीत हुन आग्रह गरे। ‘एकातिर वार्तामा ल्याउने भन्ने अर्काेतिर उनीहरुमाथि दमन, धरपकड गर्ने त्यसरी वार्ता हुन सक्दैन। राज्यले स्पष्ट नीति बनाउनुपर्छ, उहाँलाई वार्तामा ल्याउनुपर्छ’, उनले भने।

नागरिक नेटवर्कको फ्रन्टलाइन कार्यक्रममा पत्रकार श्रीराम पौडेलसँग कुराकानीमा  भट्टले अहिलेको सरकारी वार्ता टोलीले खासै पहल गर्न नसकेको बताउँदै भने, ‘विप्लवलाई वार्तामा ल्याउन अहिलेको वार्ता समितिले सकेको छैन। विप्लवलाई बुझेको मान्छे राखेर उच्चस्तरीय वार्ता समिति बनाउनुपर्छ।’

भिडियाे :

नेता भट्टले विगतामा विप्लव आफ्नो घरमा बास बसेको स्मरण गर्दै अहिले पनि उनलाई सम्झिरहेको बताए। ‘हिजो सँगै काम गरेको, शान्ति प्रक्रियामा आइसकेपछि पनि सेती महाकाली कमाण्ड इन्चार्ज भएर पनि जानु भएको थियो। मेरै घरमा बस्नुभएको थियो। उहाँको सबल र दुर्बल पक्ष थाहा छ’, उनले भने, ‘अहिलेको अवस्थामा फौजी रुपमा जाँदा कति सफल हुने हो के हो? सधैं हामी यहीँ बाटोबाट जाँदा क्रान्ति सफल हुन्छ भन्ने कुरा बहसको विषय हो। उहाँहरुले पनि सोचिरहनुभएको होला।’

नेता भट्टले कुमार पौडेलको हत्या हो कि इन्काउन्टर छानविन हुनुपर्ने बताए। ‘त्यो घटना हुनुहुन्थेन। हत्या हो भने गम्भीर कुरा हो छानविन हुनुपर्छ’, उनले भने, ‘हिजोका सहयोद्धाहरुलाई शान्तिको बाटोमा कसरी ल्याउने भनेर सोच्नुपर्छ। छलफल गर्नुपर्छ। वार्तामा जानुपर्छ।’

पूर्वसहयोद्धा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री रहेका बेला नै विप्लव समूह सरकारबाट प्रतिबन्धमा परेको छ। पूर्वएमालेका नेता सोमप्रसाद पाण्डेको नेतृत्वमा सरकारी वार्ता समिति गठन गरे पनि अझै वार्ता हुन सकेको छैन। यस्तो बेला पूर्वमाओवादीका प्रभावशाली नेता भट्टले विप्लव समूहलाई वार्तामा ल्याउन उच्चस्तरीय समितिको माग गर्दै सरकारमाथि दबाब बढाएका छन्। 

एमालेका कारण एकतामा ढिलाइ

नेता भट्टले पूर्वएमालेका कारण पार्टी एकतामा ढिलाई भएको बताए। भट्टले साविकको एमालेमा नेतागत गुट हुँदा एकताले गति लिन नसकेको जिकिर गरे। ‘पार्टी एकता ऐतिहासिक आवश्यकता थियो। हाम्रो हिजोको माओवादीमा जेसुकै गुट भए पनि अन्तिममा प्रचण्डमा केन्द्रीत हुन्थ्यो। साविकको एमालेमा मैले त्यो देखिन’, उनले भने, ‘केन्द्रीत नहुँदा समस्या आउँछ। त्यो समस्याले एकतालाई ढिला गरिरहेको छ तलैसम्म।’ ‘साविक एमालेमा स्थायी प्यानल, नेतागत गुट छन्। कसको पर्यो भागमा, को कति पर्यो भन्ने छ। त्यसले एकतालाई तन्काएको हो कि?’ नेता भट्टले प्रश्न गरे। 

साविक माओवादीमा जतिसुकै विवाद भए पनि अन्तिममा प्रचण्डमा केन्द्रीत हुनेगरेको तथ्य प्रस्तुत गर्दै उनले थपे, ‘यता (एमाले) केन्द्रीत भएको देख्दिन्। कसले के राख्ने अध्यक्षमा केन्द्रीत हुनुपर्ने हो, तर त्यसो भइरहेको छैन। त्यसले केही समस्या पैदा भएको छ। एकता प्रक्रियालाई पनि लम्ब्याएको छ।’

अहिले पार्टीमा साविक माओवादीले कति लिने, एमालेले कति लिने, को ले लिने भन्ने समस्या देखिएको र त्यो विवाद स्कुल विभागमा छताछुल्ल भएको बताउँदै भट्टले अगाडि भने, ‘स्कुल विभागमा प्रतिस्पर्धा भएको छ। को सक्षम छ, कसको आवश्यकता हो? छलफल र बहसबाट सामूहिक निर्णय लिनुपर्नेमा अलि तानातान भएको छ।’ 

नेता भट्टले स्कुलिङमात्र नभई अन्य विभागमा पनि कुरा नमिल्दा एकता लम्बिएको स्वीकार गरे। ‘तीन महिनामा मिल्ने भनेको एकता अहिले डेढ वर्षसम्म पनि पुरा भएन। किन भएन भनेर समीक्षा गर्नैपर्छ।’ नेता भट्टले आफूहरु हिजोको सिद्धान्त र व्यवहारमा नहिँडेको र बाटो विराएको पनि स्वीकार गरे। पार्टी एकताको काम नटुंगिँदा तथा सामूहिक निर्णय नहुँदा सरकारका निर्णयहरु विवादमा परेको उनको भनाई छ। 


कांग्रेसले समयमै खबरदारी गर्न नसक्दा सरकार निरंकुश, ... पर्याप्त थियो त ?
कांग्रेसले समयमै खबरदारी गर्न नसक्दा सरकार निरंकुश, ... पर्याप्त थियो त ?

काठमाडौं । सोमबार प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा नेपाली कांग्रेस निकट पेशाकर्मीले कांग्रेसले खबरदारी नगर्दा सरकार निरंकुश भएको धारणा राखेका छन् ।  नेपाल ब..

मेयर द्धारिकलाल चौधरीले एकैदिन हटाए १२ जना कर्मचारी
मेयर द्धारिकलाल चौधरीले एकैदिन हटाए १२ जना कर्मचारी

इटहरी । इटहरीका मेयर द्धारिकलाल चौधरीले एकल निणर्य गरी सोमबार १२ जना कर्मचारीलाई निकालिदिएका छन् । चौधरीले करार सम्झौता सकिएको समयमा नवीकरण नगरी इटहरी उपमहानगरपालिकामा कार्यरत..

कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि संशोधन
कांग्रेस महाधिवेशनको कार्यतालिका फेरि संशोधन

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका फेरि संशोधन गरेको छ।  सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी कार्यालय ललितपु..

राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ
राष्ट्रपति कार्यालय अगाडी धर्ना बसेका १२ मानव अधिकारकर्मी पक्राउ

काठमाडौं । राष्ट्रपति कार्यालयमा सोमबार धर्ना दिन गएका १२ जना मानव अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  अग्निप्रसाद सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाइएकोम..