त्रिशुली बस दुर्घटना अपडेट: ज्यान गुमाउने तीनजना एकै परिवारका, २० जना वेपत्ता (घाइते हुनेहरुको नामहित)


नेपाल पाना प्रकाशित: २०७६-४-२४ गते
त्रिशुली बस दुर्घटना अपडेट: ज्यान गुमाउने तीनजना एकै परिवारका, २० जना वेपत्ता (घाइते हुनेहरुको नामहित)

काठमाडौं । त्रिशुलीमा बस खस्दा मृत्यु हुनेहरु एकै परिवारका रहेको खुलेको छ । सर्लाहीको मंगलाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुने तीनजना एकै परिवारका भएको खुलेको हो ।

बिहान ३ः३० बजे धादिङको त्रिशुली नदीमा बस खस्दा तीन जनाको मृत्यु भएको थियो । दुर्घटनामा १६ जना घाइते भएका छन भने २० जना अझै बेपत्ता छन् । मृत्यु हुनेमा ब्रमपुरी गाउँपालिका–४ सर्लाहीका राजनारायण रौनियार, उनकी श्रीमती शोभा रौनियार र भतिजो सौरब रौनियार छन्। मृतक तीनै जना एकै परिवारका रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते हुनेहरुको नाम

बस चालक लक्ष्मण जमरकट्टेल, भुपेन्द्र कुमार यादव, सुनिता रोकाया, असनल राय, राकेश बैठा, रोहीत कुमार मण्डल, खिकर कुमार महतो, जहेन्दार ठाकुर, संजय महतो, समिम राजा अन्सारी, भारत सितामणिका धिरेन्द्र ठाकुर, विजय राय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी, राहुल महतो


चिनियाँ राजदूतको दादागिरीविरुद्ध उत्रिए सम्पादकहरुः मर्यादा नाघेर धम्की नदिन चेतावनी
चिनियाँ राजदूतको दादागिरीविरुद्ध उत्रिए सम्पादकहरुः मर्यादा नाघेर धम्की नदिन चेतावनी

काठमाडौं । नेपालमा चिनियाँ राजदूतको दादागिरी विरुद्ध प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुले कडा विरोध जनाएका छन् । उनीहरुले चिनियाँ राजदूतावासको विज्ञप्तिको पनि भत्सर्ना गरेका..

कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सँख्या दुई हजार पुग्यो
कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सँख्या दुई हजार पुग्यो

काठमाडौं । बुधबार बिहानसम्ममा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सँख्या दुई हजार पुगेको छ ।  चिनियाँ सञ्चार माध्यमहरूले जनाए अनुसार ६ जना बाहेक सबैको मृत्यु चीनमै भएक..

चिनियाँ राजदूतको ‘दादागिरी’को चौतर्फी विरोध, ओली सरकार चुपचाप !
चिनियाँ राजदूतको ‘दादागिरी’को चौतर्फी विरोध, ओली सरकार चुपचाप !

काठमाडौं । पछिल्लो समय नेपालमा प्रभाव बढाउँदै गएको उत्तरी छिमेकीले दादागिरी देखाउन सुरु गरेको छ । कम्युनिस्ट नेतृत्वको दुई तिहाई बहुमतको सरकारको बलियो साथ पाएको चीनले नेपालको..

लघुवित्तको बल्छीमा विपन्न, साहुकार जस्तै डरलाग्दा लघुवित्त !
लघुवित्तको बल्छीमा विपन्न, साहुकार जस्तै डरलाग्दा लघुवित्त !

काठमाडाैं । गरिबी निवारण अभियानका रूपमा करिब तीन दशकअघि सुरु गरिएको लघुवित्त कार्यक्रमले विपन्नको जीवनस्तर सुधार्ने होइन, उनीहरूलाई उल्टै ऋणको पासोमा पारेको छ । बैंकबाट दुई प्..