नेकपाकै कार्यालय सरकारी जग्गामा भेटिएपछि कांग्रेस उत्रियो प्रतिकारमा, तत्काल खाली नगरे...


नेपालपाना प्रकाशित: २०७६-४-२४ गते
नेकपाकै कार्यालय सरकारी जग्गामा भेटिएपछि कांग्रेस उत्रियो प्रतिकारमा, तत्काल खाली नगरे...

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नियम र नैतिकता विपरित सत्तारुढ नेकपाले सरकारी जग्गामा पार्टी कार्यालय राखेको भन्दै आपत्ति जनाएको छ। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञिप्ति जारी गर्दै आफैं सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित नीति नियमको पालना नगर्ने र अरुलाई उपदेश दिएर नेकपाले नैतिकताको खिल्ली उडाएको उल्लेख गरेका छन्।

‘हामी आशा गर्छौ यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउने छ’, विज्ञप्तिमा भनिएको छ। 

कांग्रेसले ‘निजामति सेवाको गठन, संचालन र संवादका शर्त’ सम्बन्धी विधेयक पनि संविधानले प्रत्याभूत गरेको अधिकार विपरित रहेको भन्दै सच्याउन माग गरेको छ। 


अब प्रतिनिधिसभाको बैठक फागुन १३ गते बस्ने
अब प्रतिनिधिसभाको बैठक फागुन १३ गते बस्ने

काठमाडौँ । अब प्रतिनिधिसभाको बैठक फागनु १३ गते बस्ने भएको छ ।  आज बसेको प्रतिनिधि सभाको बैठकको सुरुमा नै काँग्रेसका सांसदले आसनबाट उभिएर विरोध जनाएपछि फागुन १३ गतेसम्म..

गोकुल बाँस्कोटालाई बर्खास्त गर्नेबारे ओली र प्रचण्डबीच छलफल
गोकुल बाँस्कोटालाई बर्खास्त गर्नेबारे ओली र प्रचण्डबीच छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सञ..

गोकुल बाँस्कोटाले राजीनामा दिने, प्रधानमन्त्रीले दिए निर्देशन
गोकुल बाँस्कोटाले राजीनामा दिने, प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं । करोडौं कमिसन काण्डमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिन दबाब परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिपक्षी नेपाली कांग्रेसले बाँस्कोटालाई राजीनामा द..

सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर: कांग्रेस
सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर: कांग्रेस

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न नेपाली कांग्रेसले माग गरेको छ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका बास्कोटाला..