भूमाफियालाई संरक्षण गरेको भन्दै प्रधानमन्त्रीविरुद्ध सर्वाेच्चमा मुद्दा, प्रधानन्यायाधीशले दिए यस्तो आदेश


नेपालपाना प्रकाशित: २०७६-४-२४ गते
भूमाफियालाई संरक्षण गरेको भन्दै प्रधानमन्त्रीविरुद्ध सर्वाेच्चमा मुद्दा, प्रधानन्यायाधीशले दिए यस्तो आदेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वाेच्चमा अदालतमा मुद्दा परेको छ। भूमाफियाविरुद्ध अदालतले गरेको फैसला कार्यान्वयन नगरेर उनीहरुलाई संरक्षण गर्न खोजेको भन्दै ओलीसहित मन्त्रिपरिषदका सदस्य र प्रदेश सरकारविरुद्ध शुक्रबार सर्वाेच्चमा मुद्दा परेको हो। 

प्रसंग हो फेवाताल अतिक्रमण प्रकरण । यसको मुद्दा फैसला भएको ६ महिना भन्दा बढी वितिसक्दा पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अदालतमा अवहेलना मुद्दा परेको हो।

अधिवक्ता खगेन्द्र सुवेदीले प्रधानमन्त्री ओली, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्‌मा अर्याल, वनमन्त्री शक्ति बस्नेत, मुख्यसचिव  लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव डिल्लिराम घिमिरे, भूमि मन्त्रालयका सचिव सचिव गोपीनाथ मैनाली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ र प्रदेशमन्त्री विकास लम्सालसिहत ९ जनालाई  विपक्षी बनाएर अवहेलना मुद्दा दायर गरेका हुन्।

सर्वोच्च अदालतको आदेशले प्रधानमन्त्री कार्यालयदेखि स्थानीय सरकारसम्मलाई कामको जिम्मेवारी तोके पनि त्यसको कार्यान्वनको लागि ढिलासुस्ती भइरहेको समयमा अवलेहनाको मुद्दा परेको हो।

अवहेलना मुद्दाको पहिलो सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलाशले फेवाताल प्रकरणबारेको फाइल साथै राख्ने आदेश गरेको अधिवक्ता सुवेदीले बताए। फैसला कार्यान्वयन गर्ने दायित्व आइपरे पनि त्यसको पालना नगरेको भन्दै अवहेलनामा एक बर्ष  कैद र १० हजार जरिवानाको माग गरिएको छ।

फेवाताल अतिक्रमण मुद्दामा न्यायाधीश ओम प्रकाश मिश्र र न्यायाधीश सपना प्रधान मल्लको इजलासबाट २०७५ वैशाख १६ गते परमादेशको आदेश जारी भएको थियो।

निर्दिष्ट म्यादभित्र फेवातालको सिमाङ्कन गरी चार किल्ला निर्धारण गरेको नदेखिएको हुँदा उक्त फैसलाको उल्लंघन हुन गएको वकिन सुवेदीको दावी छ। फैसला प्राप्त गरेको ६ महिना २०७ साउन ४ भित्र तालको किनारबाट ६५ मिटरभित्र बनेका अनियमित घर, होटल लगायतका स्थायी वा अस्थायी संरचना हटाउनु भनी परमादेशको आदेश जारी भएकोमा सो को पालना नगरी चुप लागी बसी अदालतको मर्यादामा ठेस पुर्‍याएको उनको जिकिर छ।


अब प्रतिनिधिसभाको बैठक फागुन १३ गते बस्ने
अब प्रतिनिधिसभाको बैठक फागुन १३ गते बस्ने

काठमाडौँ । अब प्रतिनिधिसभाको बैठक फागनु १३ गते बस्ने भएको छ ।  आज बसेको प्रतिनिधि सभाको बैठकको सुरुमा नै काँग्रेसका सांसदले आसनबाट उभिएर विरोध जनाएपछि फागुन १३ गतेसम्म..

गोकुल बाँस्कोटालाई बर्खास्त गर्नेबारे ओली र प्रचण्डबीच छलफल
गोकुल बाँस्कोटालाई बर्खास्त गर्नेबारे ओली र प्रचण्डबीच छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सञ..

गोकुल बाँस्कोटाले राजीनामा दिने, प्रधानमन्त्रीले दिए निर्देशन
गोकुल बाँस्कोटाले राजीनामा दिने, प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं । करोडौं कमिसन काण्डमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिन दबाब परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिपक्षी नेपाली कांग्रेसले बाँस्कोटालाई राजीनामा द..

सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर: कांग्रेस
सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर: कांग्रेस

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न नेपाली कांग्रेसले माग गरेको छ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका बास्कोटाला..