प्रचण्डमाथि कमल थापाको कडा प्रहार, राजसंस्थालाई बोकेर हिँड्नु संवैधानिक अधिकार हो !


नेपालपाना प्रकाशित: २०७६-४-२४ गते
प्रचण्डमाथि कमल थापाको कडा प्रहार, राजसंस्थालाई बोकेर हिँड्नु संवैधानिक अधिकार हो !

काभ्रे । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री  कमल थापाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि लगातार कडा प्रहार गर्दै आएका छन् । 

काभ्रेमा शुक्रबार पार्टीको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले राजसंस्थालाई बोकेर हिँड्नु संवैधानिक अधिकार भएको बताउँदै यसमाथि कसैले पनि गलत टिप्पणी नगरे हुन्छ भन्ने चेतावनी दिएका छन् ।

उनले नेकपाका अध्यक्ष प्रचण्डले राजसंस्थाको वकालत गर्नेहरुलाई दासको संज्ञा दिएकोमा आपत्ती प्रकट गर्दै यस्तो कडा जवाफ फर्काएका हुन् । उनले राजसंस्थालाई बोकेर हिँड्नु संवैधानिक अधिकार भएको बताएका हुन् । थापाले कांग्रेस र कम्युनिष्ट पटक–पटक असफल भएको हुँदा वैकल्पिक शक्तिको रूपमा राप्रपालाई स्थापित गरेरै छाड्ने उद्धघोष गरे ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका अध्यक्ष थापाले सनातन हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था र सुदृढ स्थानीय शासनको आवश्यकताको औचित्य अझ बढेकाले राप्रपाले लिएको विचार र एजेन्डा बलियो भएको भन्दै यसलाई भोटमा परिणत गर्नुपर्ने आवश्यकता रहेकाले २०७६ साललाई सङ्गठन निर्माण वर्ष घोषणा गरिएको बताए ।


पूर्व प्रधानमन्त्री डा. भट्टराई सत्तारुढ दलको सिटमा बस्न थालेपछि...
पूर्व प्रधानमन्त्री डा. भट्टराई सत्तारुढ दलको सिटमा बस्न थालेपछि...

काठमाडौँ । विहीवारको संसद बैठक शुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच एकता भएको जानकारीसहितको पत्र प्राप्त भएको जानकारी गराएका..

प्रचण्डद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा सचिवालय बैठककाे आह्वान
प्रचण्डद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा सचिवालय बैठककाे आह्वान

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठक पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&rsqu..

सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर भुइँचालो गयो
सोलुखुम्बुलाई केन्द्रबिन्दु बनाएर भुइँचालो गयो

सोलुखुम्बु । सोलुखुम्बुको गोलीलाई केन्द्रबिन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको छ ।  बिहीबार बिहान ७ बजेर ७ मिनेट जाँदा पछिल्लो भूकम्पको धक्का महसुस गरिएको राष्ट्रि..

एकताको बाँकी काम टुंग्याउन बोलाइएको नेकपा सचिवालय वैठक निश्कर्षविहीन
एकताको बाँकी काम टुंग्याउन बोलाइएको नेकपा सचिवालय वैठक निश्कर्षविहीन

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी९नेकपा०को सचिवालय बैठक निश्कर्षविहीन रुपमा टुंगिएको छ । एकताको बाँकी काम टुंग्याउन बोलाइएको सचिवालय बैठकमा शीर्ष नेताहरु अन्यत्र जानुपर्ने..