अजित यादवलाई पूर्व घोषित पुरस्कार मोटरसाइकल प्रदान


नेपालपाना प्रकाशित: २०७६-४-२५ गते
अजित यादवलाई पूर्व घोषित पुरस्कार मोटरसाइकल प्रदान

काठमाडौं । नेपाल एथलेटिक्सले मध्यम दूरीका धावक अजितकुमार यादवलाई पूर्व घोषित पुरस्कार मोटरसाइकल शुक्रबर प्रदान गरेको छ ।

हङकङमा मार्च १७ तारिखमा भएको तेश्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडमा स्वर्ण जितेपछि एथलेटिक्स संघले पुरस्कार स्वरुप अजितलाई मोटरसाइकल दिने घोषणा गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा०, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले अजितलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरे ।

१ लाख ९२ हजार ९ सय रुपैयाँ मूल्य पर्ने टीभीएसको स्ट्राइकर १ सय २५ सीसीको मोटरसाइकल अजितलाई प्रदान गरिएको हो । त्यस अवसरमा उनका प्रशिक्षक धनीराम चौधरीलाई पनि नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको थियो ।


ए डिभिजन लिग : थ्रीस्टारलाई २–० ले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा
ए डिभिजन लिग : थ्रीस्टारलाई २–० ले हराउँदै मच्छिन्द्र शीर्ष स्थानमा

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा उपाधि दावेदार टिम मच्छिन्द्र क्लबले पुनः अंकतालिकाको शीर्ष स्थान कब्जा गरेको छ।  आज (सोमबार) दशरथ रङ्गशालामा भएको खेलमा मच्छ..

नेपालले टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने
नेपालले टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने

काठमाडौं । नेपालले टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोट सोझै खेल्ने भएको छ । नेपालले सन् २०२१ मा भारतमा हुने आइसीसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगितका लागि ग्लोबल छनोट खे..

एनआरटीद्वारा विभागीय टोली एपिएफ पराजित
एनआरटीद्वारा विभागीय टोली एपिएफ पराजित

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम एनआरटीले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै विजयी भएको..

सर्वश्रेष्ठ खेलाडी सादियोकाे हातमा फुटेको मोवाइल !
सर्वश्रेष्ठ खेलाडी सादियोकाे हातमा फुटेको मोवाइल !

काठमाडौं । पश्चिम अफ्रिकाका चर्चित फुटवल खेलाडी सादियो मानेले आफ्ना देशका लागि निकै महत्वपूर्ण योजनाका कार्यहरु गरेका छन् ।  २७ बर्षिय सादियोले विश्व प्रसिद्ध फुट..