त्रिशूली बस दुर्घटना अपडेट: ज्यान गुमाएका ५ जनाको परिचय खुल्यो, ४ जनाको परिचय खुल्न बाकिँ 


नेपालपाना प्रकाशित: २०७६-४-२५ गते
त्रिशूली बस दुर्घटना अपडेट: ज्यान गुमाएका ५ जनाको परिचय खुल्यो, ४ जनाको परिचय खुल्न बाकिँ 

धादिङ । सर्लाहीको सदरमुकाम मलंगवाबाट काठमाण्डौका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस हिजो विहान धादिङको बेनिघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा भएको बस दुर्घटनामा परि हराइरहेकाहरुको खोजी सुरु भएको छ ।

शनिबार बिहानै गोताखोरको टोली र नेपाल प्रहरीले खोजी गर्ने भनिए पनि गोताखोरको टोली अहिलेसम्म पुगेको छैन । अहिले सेना र प्रहरीले खोजी गरिरहेका धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । शुक्रबार दिउँसोदेखि खोजी कार्य रोकिएको थियो । दुर्घटनामा कति यात्रु थिए भन्ने अहिलेसम्म यकिन भएको छैन । तर ४५ जना गाडीमा रहेका घाइते यात्रुले बताएका छन् ।

दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका अजय दास, विजय कुर्मी, सर्लाही मलंगवाका सुनिल कुमार श्रीवास्तव, उनकी श्रीमती मिना र सर्लाही हरिवनका विनोदप्रसाद उप्रेतीको मात्रै परिचय खुलेको उनले जानकारी दिए । अरु ४ जनाको परिचय खुल्न बाँकी छ । 

घाइते १६ जनामध्ये ७ जनाको काठमाण्डौको ट्रमा सेन्टर र गजुरी अस्पताल धादिङमा उपचार भइरहेको छ । अरु भने उपचारपछि घर फर्किएका छन् । 


चार हजार धरौटीमा छुटिन् आस्था राउत
चार हजार धरौटीमा छुटिन् आस्था राउत

काठमाडौं । गायिका आस्था राउत धरौटीमा छुटेकी छन् । अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई चार हजार रूपैयाँ धरौटीमा छाड्ने आदेश ग..

शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुन्छः शिक्षामन्त्री पोखरेल
शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुन्छः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई रोजगारसँग जोड्नुपर्ने बताएका छन् । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीको आयोजनामा आजदेखि..

मेयर द्धारिकलाल चौधरीले एकैदिन हटाए १२ जना कर्मचारी
मेयर द्धारिकलाल चौधरीले एकैदिन हटाए १२ जना कर्मचारी

इटहरी । इटहरीका मेयर द्धारिकलाल चौधरीले एकल निणर्य गरी सोमबार १२ जना कर्मचारीलाई निकालिदिएका छन् । चौधरीले करार सम्झौता सकिएको समयमा नवीकरण नगरी इटहरी उपमहानगरपालिकामा कार्यरत..

थुनामा रहेकी गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी
थुनामा रहेकी गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी

काठमाडौँ । सोमबारदेखि थुनामा रहेकी गायिका आस्था राउतलाई धरौटीमा छाड्ने तयारी भएको छ। प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा थुनामा रहेकी राउतलाई छाड्ने तयारी गरेको हो । प्र..