आजको मौसमः चट्याङसहितको वर्षा हुने, नदीमा आकस्मिक बहाब बढ्ने, सतर्कता अपनाउन अनुरोध


नेपालपाना प्रकाशित: २०७६-४-२६ गते
आजको मौसमः चट्याङसहितको वर्षा हुने, नदीमा आकस्मिक बहाब बढ्ने, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । आज मुलुकका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानूमान महाशाखाले मुलुकका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।

देशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको र चुरेबाट बहने नदीमा पानीको वहावमा आकस्मिक बृद्दि हुन सक्ने भएकोले नदी आसपासमा रहनेहरुलाई सतर्क रहन अनुरोध गरेको छ ।

आज दिउँसोः देशका धेरैजसो स्थानहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। देशको पहाडि भू९भागका एक९दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।

आज रातिः देशका धेरैजसो स्थानहरुमा सामान्यतया बदली रही केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशको पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ।


काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक
काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक

काठमाडौं । शुक्रबार काठमाडौंस्थित खुलामञ्चमा सांस्कृतिक कार्यक्रम गरेर गौरा पर्व मनाएका छन् । कार्यक्रममा देउडा नाचका साथै सुदूरपश्चिमका अरु सांस्कृतिक प्रस्तुति पनि देखाइए..

प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने
प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रदेश नम्बर दुईको अध्यक्ष प्रभु साहले पदबाट दिएका राजीनामा स्वीकृत नहुने भएको छ ।..

‘मैथिली भाषामा समाचार विचार, सूचना प्रवाह किन रोकेको हो ?, रेडियो नेपालले निरन्तरता दिनुपर्छ’
‘मैथिली भाषामा समाचार विचार, सूचना प्रवाह किन रोकेको हो ?, रेडियो नेपालले निरन्तरता दिनुपर्छ’

काठमाडौं । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा बोल्दै सांसद खेमराज नेपालीले मैथिली भाषीहरू विभिन्न प्रदेशमा छरिएर रहेकाले रेडियो नेपालले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका..

कश्मीर मामिलामा पाकिस्तानले नेपालसँग मागे सहयोग 
कश्मीर मामिलामा पाकिस्तानले नेपालसँग मागे सहयोग 

काठमाडौं । पाकिस्तानी विदेशमन्त्रीले कश्मीर मामिलामा नेपालसँग सहयोग मागेका छन् । भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर काठमाडौंको दुईदिने भ्रमण सकेर दिल्ली फर्किएलगत्तै नेपालस..