केन्द्रको शासनपछि जम्मु–काश्मीरमा गोली चल्न छाड्यो


नेपालपाना प्रकाशित: २०७६-४-२६ गते
केन्द्रको शासनपछि जम्मु–काश्मीरमा गोली चल्न छाड्यो

काठमाडौं । विशेष दर्जा दिने संविधानको अनुच्छेद ३७० खारेज गरी केन्द्रका शासन लागु गरिएको भारतको जम्मु–काश्मीरमा पछिल्लो समय हिंसाका घटना ठप्पै रोकिएका छन् । 

जम्मु–काश्मीर प्रहरी प्रमुख दिलबाग सिंहले प्रदेशमा पछिल्लो पटक हिंसाका कुनै पनि घटना नभएको जानकारी दिएका छन् । मानिसहरुको गतिविधी र सञ्चारमाध्यममा लगाईएको प्रतिबन्ध विस्तारै खुकुलो हुँदै गएको तथा स्थिति सामान्य बनिरहेको प्रहरी प्रशासनको भनाई छ । सबैभन्दा हिंसात्मक गतिविधी हुने दक्षिण काश्मीरमा पनि पछिल्लो कदमपछि एउटै हिंसाका घटना भएका छैनन । 

जम्मु–काश्मीरमा लगाईएको प्रतिबन्ध आईतबार अझै खुकुलो हुने र मानिसहरुलाई ईद–उल–जोहा मनाउने वातावरण तयार गर्न भारत सरकारले कोशिस गरिरहेको छ ।

काश्मीरमा नागरिकमाथि राज्यका तर्फबाट हिंसा भईरहेको भन्ने भनाईलाई पनि सुरक्षासंयन्त्रले ईन्कार गरिदिएको छ । पछिल्लो केहीदिन यता प्रहरीका तर्फबाट एउटा पनि गोली नचलेको र स्थिति शान्त भएको प्रहरी प्रमुख शिंहले दाबी गरे ।

जम्मु–काश्मीरलाई विशेष दर्जा दिने संविधानको व्यवस्था खारेज भएयता यस क्षेत्रमा सरकारले कफ्र्यू लगाईदिएको छ भने सञ्चारमाध्यमलाई समेत ठप्पै पारिदिएको छ ।


पाकिस्तानका रेलमन्त्री बेलायतमा कुटिए
पाकिस्तानका रेलमन्त्री बेलायतमा कुटिए

काठमाडौं । विवादित भाषण र बयानबाजीका कारणका चर्चामा आईरहने पाकिस्तानका रेलमन्त्री शेख रशीद बेलायतको लण्डनमा कुटिएका छन् । रशीस तिनै व्यक्ति हुन् : जसले जम्मु–क..

सेनाले गरेको हवाई कारबाहीमा २० तालिबानको मृत्यु
सेनाले गरेको हवाई कारबाहीमा २० तालिबानको मृत्यु

अफगानिस्तान । उत्तरी प्रान्त बाल्खमा अफगानिस्तानको हवाई सैन्य सेनाले गरेको कारबाहीमा परी २० जना तालिबानको ज्यान गएको छ । त्यस क्षेत्रमा तालिबानको बस्ती रहेको सूचनाका आधारमा..

यस्तो अचम्मको गाउँ जहाँ केवल छोरीमात्रै जन्मिने गर्छ !
यस्तो अचम्मको गाउँ जहाँ केवल छोरीमात्रै जन्मिने गर्छ !

एजेन्सी । त्यहीँ भएर युरोपको एउटा गाउँमा सधैं छोरी मात्रै जन्मिने गरेका छन् । उक्त गाउँमा पछिल्लो ९ वर्षयता छोराको जन्म भएको छैन ।  सुन्दैमा अनौठो र अपत्यारिलो लाग्ने । क..

भारतका पूर्व केन्द्रीय वित्त मन्त्री पक्राउ 
भारतका पूर्व केन्द्रीय वित्त मन्त्री पक्राउ 

भारत । सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धानमा रहेका पूर्व केन्द्रीय वित्त मन्त्री पी चिदम्बरम पक्राउ परेका छन् ।  कांग्रेस नेतासमेत रहेका चिदम्बरमले आफूले अग्रिम धरौट..