सोनिया गान्धी नै बनिन् भारतीय कांग्रेसको अन्तरिम अध्यक्ष


नेपालपाना प्रकाशित: २०७६-४-२६ गते
सोनिया गान्धी नै बनिन् भारतीय कांग्रेसको अन्तरिम अध्यक्ष

नयाँदिल्ली । भारतीय कांग्रेसको अन्तरिम अध्यक्ष पदमा सोनिया गान्धी चुनिएकी छिन् । शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीकी पूर्व अध्यक्षसमेत रहेकी गान्धीलाई अन्तरिम अध्यक्ष बनाएको हो ।

कांग्रेस नेता गुलाम नबी आजाद र हरीश रावतले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाएको र राहुल गान्धीको राजीनामा स्वीकृत गरेको जानकारी दिए । 

राहुल गान्धीले पार्टीका एउटा आशाको किरण छर्ने काम गरेको पार्टीले ठहर गरेको छ । कुशल नेतृत्वका लागि पार्टीले राहुल गान्धीलाई धन्यवाद व्यक्त गरेको छ ।

लोकसभा चुनावमा भोगेको पराजयपछि गान्धीले राजीनामा दिएका थिए ।  उनको राजीनामा पार्टीले स्वीकार गरेको छ । तर पार्टीलाई अगाडि बढाउन राहुल गान्धीले महत्वपूर्ण भूमिका खेल्न आग्रह गरेको छ ।

त्यस्तै प्रदेश नेताहरुको राहुल गान्धीलाई नै अध्यक्ष बनाउने प्रस्ताव पनि कार्यसमितले खारेज गरेको छ । पूर्णकालीन अध्यक्ष चयन नहुँदासम्मका लागि सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष बनाइएको छ ।

त्यस्तै जम्मू–कश्मीरका विषयमा पनि कांग्रेसको कार्यसमितिमा चर्चा भएको छ ।  कार्यसमिति बैठकले जम्मू–कश्मीरका विषयमा सरकारसँग विपक्षी पार्टीहरुको एउटा समूहलाई त्यहाँको बस्तु स्थिति जान्नका लागि जान दिन अनुरोध गर्ने बताएको छ ।

भारतीय कांग्रेसको नयाँ अध्यक्षका लागि शशि थरुर, ज्योतिरादित्य सिन्धिया, मुकुल वास्निकलगायतका नेताको नाम चर्चामा रहेको छ ।  


गोलीकाण्डः अमेरिकाको फ्लोरिडामा चार जनाको मृत्यु
गोलीकाण्डः अमेरिकाको फ्लोरिडामा चार जनाको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ । समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको..

सुडानको सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु
सुडानको सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु

सुडान । खार्तुमको एक सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ भने १ सय ३० जना घाइते भएका छन् ।   कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय..

सेनाको चौकीमा आक्रमण, २३ जना मारिए
सेनाको चौकीमा आक्रमण, २३ जना मारिए

काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाको चौकीमा गरिएको दुई वटा आक्रमणका क्रममा करिब २० आतङ्कवादी र तीन सैनिक मारिएको सेनाले जनाएको छ । स्थानीय समयानुसार मङ्गलबार बिह..

भारत-तिब्बत सीमा प्रहरी क्याम्पमा आपसी गोलाबारी, ६ जवानको मृत्यु 
भारत-तिब्बत सीमा प्रहरी क्याम्पमा आपसी गोलाबारी, ६ जवानको मृत्यु 

नयाँ दिल्ली । छत्तीसगढको माओवाद प्रभावित नारायणपुर जिल्लामा भारत–तिब्बत सीमा प्रहरी बलको एक क्याम्पमा आपसी गोलाबारीमा ६ जवानको मृत्यु भएको छ ।   नारायणपुरका एसपी..