विराटनगर जाँदै गरेको बस मध्यपहाडी लोकमार्गबाट खस्यो, सातजना घाईते 


नेपालपाना प्रकाशित: २०७६-४-२६ गते
विराटनगर जाँदै गरेको बस मध्यपहाडी लोकमार्गबाट खस्यो, सातजना घाईते 

भोजपुर । भोजपुरको अन्नपूर्णबाट विराटनगरको लागि छुटेको मे १ ख ३१६४ नम्बरको यात्रुबाहक बस मध्यपहाडी लोकमार्गअन्तर्गत  गुप्तेश्वर र सिद्धेश्वरको सिमानास्थित चप्पिरे खोलानजिकै दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा परि सात जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीले जानकारी दिए । 

भोजपुर नगरपालिका–३, का २४ वर्षीया मनीषा श्रेष्ठ, १७ वर्षीया अस्मिता  श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र ११ वर्षीय विवेक श्रेष्ठ घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइते हुनेमा झापा हल्दिवारी ५का वर्ष ३० का सहचालक अर्जुन लिम्बू र भोजपुर नगरपालिका –३ की २२ वर्षीय संगिता प्रधान रहेकी छिन् । उनीहरुको टाउकोलगायत विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले जिल्ला अस्पताल भोजपुर पठाईएको छ ।

सडकको घुम्ती काट्ने क्रममा भित्तामा ठोक्किएर बस पल्टिएको हो । सो बसमा १२ जना यात्रु सवार थिए ।


कांग्रेसले समयमै खबरदारी गर्न नसक्दा सरकार निरंकुश, ... पर्याप्त थियो त ?
कांग्रेसले समयमै खबरदारी गर्न नसक्दा सरकार निरंकुश, ... पर्याप्त थियो त ?

काठमाडौं । सोमबार प्रेस युनियनले काठमाडौंमा गरेको कार्यक्रममा नेपाली कांग्रेस निकट पेशाकर्मीले कांग्रेसले खबरदारी नगर्दा सरकार निरंकुश भएको धारणा राखेका छन् ।  नेपाल ब..

चार हजार धरौटीमा छुटिन् आस्था राउत
चार हजार धरौटीमा छुटिन् आस्था राउत

काठमाडौं । गायिका आस्था राउत धरौटीमा छुटेकी छन् । अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई चार हजार रूपैयाँ धरौटीमा छाड्ने आदेश ग..

शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुन्छः शिक्षामन्त्री पोखरेल
शिक्षालाई रोजगारसँग जोड्न सकेमात्र मुलुकको विकास हुन्छः शिक्षामन्त्री पोखरेल

काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई रोजगारसँग जोड्नुपर्ने बताएका छन् । बालाजु स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजीको आयोजनामा आजदेखि..

मेयर द्धारिकलाल चौधरीले एकैदिन हटाए १२ जना कर्मचारी
मेयर द्धारिकलाल चौधरीले एकैदिन हटाए १२ जना कर्मचारी

इटहरी । इटहरीका मेयर द्धारिकलाल चौधरीले एकल निणर्य गरी सोमबार १२ जना कर्मचारीलाई निकालिदिएका छन् । चौधरीले करार सम्झौता सकिएको समयमा नवीकरण नगरी इटहरी उपमहानगरपालिकामा कार्यरत..