प्रधानमन्त्री ओली सिंगापुरबाट भोली फर्कने


नेपालपाना प्रकाशित: २०७६-४-२६ गते
प्रधानमन्त्री ओली सिंगापुरबाट भोली फर्कने

काठमाडौं । उपचारका लागि भन्दै सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओली भोलीमात्रै स्वदेश फर्कने भएका छन् । 

स्वास्थ्य परीक्षणको रिपोर्ट नआएपछि ओली नेपाल फर्कन ढिला हुने उनको सचिवालयले जनाएको छ । ओली शुक्रबार अर्थात अस्तिका दिन नै स्वदेश फर्कने कार्यतालिका थियो ।

अब प्रधानमन्त्री ओलीको टोली सोमबार मध्यान्ह साढे १२ बजेतिर थाई एअरको बिमानबाट काठमाडौं उत्रने कार्यतालिका छ । साउन १८ गते सिंगापुर गएको ओलीको अहिले नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भईरहेको छ ।

ओलीका साथमा उनकी श्रीमती राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्कि डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी छन् ।


काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक
काठमाडौंस्थित खुलामञ्चमा गौरा पर्वको रौनक

काठमाडौं । शुक्रबार काठमाडौंस्थित खुलामञ्चमा सांस्कृतिक कार्यक्रम गरेर गौरा पर्व मनाएका छन् । कार्यक्रममा देउडा नाचका साथै सुदूरपश्चिमका अरु सांस्कृतिक प्रस्तुति पनि देखाइए..

प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने
प्रदेश २ को अध्यक्षले उठाएका कुरामा पार्टी गम्भिर, प्रभु साहको राजीनामा स्वीकृत नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर प्रदेश नम्बर दुईको अध्यक्ष प्रभु साहले पदबाट दिएका राजीनामा स्वीकृत नहुने भएको छ ।..

‘मैथिली भाषामा समाचार विचार, सूचना प्रवाह किन रोकेको हो ?, रेडियो नेपालले निरन्तरता दिनुपर्छ’
‘मैथिली भाषामा समाचार विचार, सूचना प्रवाह किन रोकेको हो ?, रेडियो नेपालले निरन्तरता दिनुपर्छ’

काठमाडौं । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा बोल्दै सांसद खेमराज नेपालीले मैथिली भाषीहरू विभिन्न प्रदेशमा छरिएर रहेकाले रेडियो नेपालले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका..

कश्मीर मामिलामा पाकिस्तानले नेपालसँग मागे सहयोग 
कश्मीर मामिलामा पाकिस्तानले नेपालसँग मागे सहयोग 

काठमाडौं । पाकिस्तानी विदेशमन्त्रीले कश्मीर मामिलामा नेपालसँग सहयोग मागेका छन् । भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर काठमाडौंको दुईदिने भ्रमण सकेर दिल्ली फर्किएलगत्तै नेपालस..