त्रिशूली बस दुर्घटना अपडेट : ज्यान गुमाएका नौ जनाको परिचय खुल्यो, दर्जनौं बेपत्ताको खोजीकार्य हुँदै 


नेपालपाना प्रकाशित: २०७६-४-२६ गते
त्रिशूली बस दुर्घटना अपडेट : ज्यान गुमाएका नौ जनाको परिचय खुल्यो, दर्जनौं बेपत्ताको खोजीकार्य हुँदै 

काठमाडौं । गत शुक्रबार यात्रुबाहक बस त्रिशुली नदीमा खस्दा ज्यान गुमाएका नौ जना यात्रुको सनाखत भएको छ । 

सर्लाही त्रिभुवन नगरपालिका ४ की शोभा रौनियार, भारत सितामढी बस्ने वर्ष ३० को अजय ठाकुर, सर्लाहीका २५ वर्षीय विजय कुर्मी, सर्लाहीको मलंगवा १ का सुनिल कुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षकी निमा श्रीवास्तव, मलंगवा नगरपालिका ६ का ५५ वर्षीय जगरनाथ राय यादव, सर्लाहीको हरिवनका ४६ वर्षीय बिनोदप्रसाद उप्रेती, महोत्तरीको बर्दिबास नगरपालिका ६ का २५ वर्षीया सरिताकुमारी महतो र उनका ६ वर्षका छोरा आशिषकुमार साह तथा भारतका अजय ठाकुरको दुर्घटनामा परी निधन भएको प्रहरीले जनाएको छ ।

सर्लाहीको मलंगवाबाट काठडौंका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको बस गत शुक्रबार बिहानै त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा परी नौ जनाको ज्यान गएको थियो भने १४ जना घाईतेलाई उद्धार गरिएको छ । 

दुर्घटनामा घाइते भएका ६ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौमा उपचार भइरहेको छ । दुर्घटनामा परी दर्जनौं मानिसहरु बेपत्ता भएको हुनसक्ने अनुमान छ । 

बेपत्ताहरुको खोजीका लागि अहिले नेपाली सेना, नेपाल प्रहरी र गोताखोरसहितको टोली त्रिशुली नदीमा परिचालन गरिएको छ ।
 


प्रहरीले मेडिकल कलेजका विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेपछि...
प्रहरीले मेडिकल कलेजका विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेपछि...

चितवन । चिकित्सा शिक्षा शास्त्रको प्रथम बर्षको परीक्षा चलिरहेको बेला छात्राबास भित्रै प्रवेश गरेर प्रहीले विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेको छ । चितवन मेडिकल कलेजका विद्यार्..

सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुट्याे
सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुट्याे

काठमाडौं । नेपालमा सरकारले मात्र पारमाणविक अनुसन्धान केन्द्र खोल्ने विषयमा सहमति जुटाएको छ ।  संसदको शिक्षा तथा स्वास्थ्य समितिले बिहीबार बसेको बैठकमा नेपाल सरकारले पा..

नेपालीको सुरक्षामा गम्भीर हुन गृहमन्त्री थापाको आग्रह
नेपालीको सुरक्षामा गम्भीर हुन गृहमन्त्री थापाको आग्रह

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि इराकका राजदूतसँग नेपालीको सुरक्षामा गम्भीर भइदिन आग्रह गरेका छन् । थापाले बिहीबार गरेको शिष्टाचार भेटवार्तामा इराकमा रहेका..

जीप सडकबाट ५०० मिटर तल खस्यो, २ जनाको मृत्यु
जीप सडकबाट ५०० मिटर तल खस्यो, २ जनाको मृत्यु

पाल्पा । केराबारी र चौबिस माइलको बीचमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुटवलबाट पाल्पाको तानसेन जाँदै गरेको लु१ज ४२०९ नम्बरको जीप सडकबाट खोलामा खसेको हो । ..