सोमपाल आवद्ध टिम विनिपेग हक्स ग्लोबल टी–२० क्रिकेटको फाईनलमा


नेपालपाना प्रकाशित: २०७६-४-२६ गते
सोमपाल आवद्ध टिम विनिपेग हक्स ग्लोबल टी–२० क्रिकेटको फाईनलमा

काठमाडौं । नेपाली अलराउन्डर सोमपाल कामी आबद्ध विनिपेग हक्स क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । शनिबार राति भएको खेलमा ब्रम्टन उल्भ्सलाई सात विकेटले हराउँदै हक्स उपाधि प्रतिष्पर्धामा पुगेको हो ।

घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको उल्भ्सले २० ओभरमा सात विकेट गुमाउँदै दुई सय रन बनाएको थियो । उल्भ्सका लागि कप्तान डारेन सामीले ३३ रन, शाहिद अफ्रिदी र बाबर हायातले समान ३२–३२ रन र वहाब रियाजले २३ रनको योगदान गरे । सोमपाल कामी बेन्चमा बसेको यो खेलमा हक्सका रायद इम्रितले तीन तथा कलीम सानाले दुई विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको हक्सले २० ओभरमा तीन विकेट गुमाउदै लक्ष्य पूरा ग-यो। हक्सको जितमा सैमन अनवरले ५२, जेपी डुमीनीले ५०, सन्नी सोहेलले ४१ रन  र क्रिस लियोनले ३५ रनको योगदान गरे । उपाधिका लागि हक्सल भोली भ्यानकुभर नाइट्ससँग प्रतिष्पर्धा गर्नेछ ।

हिजो भएको खेलमा सुरुवाति ११ मा स्थान बनाउन नसके पनि सोमपालले १२औं खेलाडीका रुपमा मैदान प्रवेश गर्दै शाहिद अफ्रिदीको क्याच लिएका थिए ।


साफ यू-१५: नेपाल भारतसँग ५/० ले पराजित
साफ यू-१५: नेपाल भारतसँग ५/० ले पराजित

काठमाडौं । भारतमा जारी साफ यू(१५ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ५(० ले पराजित भएको छ । भारतको कल्याणीमा भएको खेलमा पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा..

म्यानचेस्टरका पोग्वाले पेनाल्टी हान्न नसक्दा उल्भरह्याम्टनसँग बराबरी 
म्यानचेस्टरका पोग्वाले पेनाल्टी हान्न नसक्दा उल्भरह्याम्टनसँग बराबरी 

काठमाडौं । जारी इंग्लिस प्रिमियर लिगमा पउल पोग्वाले पेनाल्टी मिस गर्दा म्यानचेस्टर युनाइटेड उल्भरह्याम्टनसँग बराबरी रोकिएको छ । ६८ औं मिनेटमा युनाइटेडले पाएको पेनाल्टीलाई..

यु–१५ साफ च्याम्पियनसिप खेल्ने नेपाली युवा टोलीको बिदाइ
यु–१५ साफ च्याम्पियनसिप खेल्ने नेपाली युवा टोलीको बिदाइ

काठमाडौं । यु–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली युवा टोली भारत प्रस्थान भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० र मोरङ जिल्ला फुटबल संघले सोमबार एक..

नेपाल र किर्गिस्तानबीच आज भलिबल प्रतिष्पर्धा हुँदै 
नेपाल र किर्गिस्तानबीच आज भलिबल प्रतिष्पर्धा हुँदै 

काठमाडौं । एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपअन्तर्गत आज नेपाल र किर्गिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो चार बजे नेपालले लगनखेलस्थित आर्मी कभर्डहलमा कि..