बाढी तथा पहिरोका कारण दक्षिण भारतमा १०० जनाको मृत्यु, लाखौं विस्थापित


नेपालपाना प्रकाशित: २०७६-४-२६ गते
बाढी तथा पहिरोका कारण दक्षिण भारतमा १०० जनाको मृत्यु, लाखौं विस्थापित

काठमाडौं । मनसुनी वर्षापछि आएको बाढी, पहिरो र डुबान परि दक्षिण भारतमा १०० भन्दा बढी मानिसको ज्यान गएको छ । तीन दिनको अवधिमै केरला, महाराष्ट्र, गुजरात र कर्नाटकमा ठूलो जनधनको क्षति भएको हो । विपत्तीका कारण अहिले ती राज्यमा झनडै एकलाख मानिस विस्थापित भएका छन् । 

दक्षिणी राज्य केरला बाढीका कारण नराम्ररी प्रभावित भएको छ । या राज्यमा बिहीबारदेखि शनिबारसम्ममा मात्रै ४८ व्यक्तिले ज्यान गुमाएका छन् । वर्षा र बाढीको चपेटामा परेको केरलाको छिमेकी कर्नाटकमा पनि करिब २४ जनाले ज्यान गुमाईसकेका छन् । यो राज्यमा नौ जना मानिसहरु हराईरहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

यस्तै, वार्षिक मनसुनी आँधीका कारण पश्चिमी राज्य महाराष्ट्र र गुजरात पनि निकै प्रभावित भएका छन् । कर्नाटकका ६०० राहत केन्द्रमा करिब एक लाख ६१ हजार विस्थापित मानिसहरुलाई आश्रय दिईएको छ । 

अर्को दक्षिणी राज्य महाराष्ट्रमा अहिलेसम्म २७ जनाले पछिल्लो प्राकृतिक विपत्तीमा परि ज्यान गुमाईसकेका छन् ।  गुजरातका अहमेदावाद र नादिआवादमा पनि वर्षाजन्य घटनाका कारण आठ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् । 

बाढी, पहिरो र आँधीका कारण सबैभन्दा बढी प्रभावित केरला राज्यमा मात्रै एक लाख २० हजार व्यक्ति बिस्थापित भएका छन् । मानिसहरुले आपतकालीन राहत केन्द्रमा आश्रय लिइरहे पनि बाढी र पहिरो गएका करिब ८० स्थानमा अहिलेसम्म प्रहरी पुग्न सकेको छैन ।

केरलामा गत बर्षपनि बाढीमा परि करिब पाँचसय मानिसको ज्यान गएको थियो ।


पाकिस्तानका रेलमन्त्री बेलायतमा कुटिए
पाकिस्तानका रेलमन्त्री बेलायतमा कुटिए

काठमाडौं । विवादित भाषण र बयानबाजीका कारणका चर्चामा आईरहने पाकिस्तानका रेलमन्त्री शेख रशीद बेलायतको लण्डनमा कुटिएका छन् । रशीस तिनै व्यक्ति हुन् : जसले जम्मु–क..

सेनाले गरेको हवाई कारबाहीमा २० तालिबानको मृत्यु
सेनाले गरेको हवाई कारबाहीमा २० तालिबानको मृत्यु

अफगानिस्तान । उत्तरी प्रान्त बाल्खमा अफगानिस्तानको हवाई सैन्य सेनाले गरेको कारबाहीमा परी २० जना तालिबानको ज्यान गएको छ । त्यस क्षेत्रमा तालिबानको बस्ती रहेको सूचनाका आधारमा..

यस्तो अचम्मको गाउँ जहाँ केवल छोरीमात्रै जन्मिने गर्छ !
यस्तो अचम्मको गाउँ जहाँ केवल छोरीमात्रै जन्मिने गर्छ !

एजेन्सी । त्यहीँ भएर युरोपको एउटा गाउँमा सधैं छोरी मात्रै जन्मिने गरेका छन् । उक्त गाउँमा पछिल्लो ९ वर्षयता छोराको जन्म भएको छैन ।  सुन्दैमा अनौठो र अपत्यारिलो लाग्ने । क..

भारतका पूर्व केन्द्रीय वित्त मन्त्री पक्राउ 
भारतका पूर्व केन्द्रीय वित्त मन्त्री पक्राउ 

भारत । सम्पत्ति शुद्धीकरणको विषयमा अनुसन्धानमा रहेका पूर्व केन्द्रीय वित्त मन्त्री पी चिदम्बरम पक्राउ परेका छन् ।  कांग्रेस नेतासमेत रहेका चिदम्बरमले आफूले अग्रिम धरौट..