के पाकिस्तान युद्ध लड्ने स्थितिमा छ ? यस्तो छ आर्थिक अवस्था


तहसनहस बन्दै अर्थतन्त्र, कालोसूचीमा पर्ने जोखिम
नेपालपाना प्रकाशित: २०७६-४-२७ गते
के पाकिस्तान युद्ध लड्ने स्थितिमा छ ? यस्तो छ आर्थिक अवस्था

कराची । पाकिस्तानको वित्तीय अवस्था निकै खस्किएको छ । पाकिस्तानको विदेशी विनिमय सञ्चिती जम्मा दुई महिनाको मात्र व्यापार धान्न सक्ने स्थितिमा पुगेको छ ।

यस्तो अवस्थाले देशको भुक्तानी सन्तुलनमा संकट आउने ठूलो संकेत गरेको छ । यस्तै स्थिति रहे पाकिस्तान जुनसुकै बेला कालोसूचीमा पर्न सक्छ ।

कालोसूचीमा राखिए पाकिस्तान विश्वको वित्तीय प्रणालीबाट बाहिरिन सक्नेछ । साथै, अन्तरराष्ट्रिय मुद्रा कोषले दिएको ६ अर्ब डलरबराबरको कार्यक्रम कार्यान्वयनमा पनि सीधै असर गर्नेछ ।

पाकिस्तानको आर्थिक मामिलामा जानकारहरुले त्यहाँ भुक्तानी संकट मुख खोलेर बसेको छ, जसले पाकिस्तानको समग्र आर्थिक प्रणालीलाई जतिसुकै बेला ध्वस्त पारिदिन सक्छ । 

पाकिस्तान आश्रित आतंकवादबारे अक्टोबरमा समीक्षा हुने 

गिर्दो आर्थिक अवस्थालाई उकास्न पाकिस्तानले अहिले चीन र अन्य विकासशील देशबाट मद्दत मिल्ने आश गरिरहेको छ ।

अर्कातर्फ, पेरिसस्थित अन्तरराष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एनएटीएफ) ले अघिल्लो साल नै पाकिस्तानलाई आतंकवादमाथि लगाम कस्न र हाल त्यस्ता संगठन तथा समूहहरुलाई गरिरहेको वित्तीय सहायता रोक्न सुझाव दिईसकेको छ । एफएटीएफले यसबारे आगामी अक्टोबरमा समीक्षा समेत गर्नेछ । 

भारत पनि एफएटीएफमा सामेल छ । तनाव बढिरहेका बेला भारतले पनि पाकिस्तानलाई दबाबमा राख्न त्यहाँ भईरहेका आतंकवादी गतिविधीहरुलाई सुझ्म रुपमा नियालीरहेको छ । विश्वको आर्थिक पारदर्शीता र आतंकवाद विरोधी वित्तीय अवस्था कायम गराउनका लागि पाकिस्तानले विभिन्न २७ वटा मापदण्डहरु पालना गर्नुपर्नेछ ।

पाकिस्तानले यी मापदण्डहरु पालना गरेरनगरेको बारे हुने समीक्षामा भारतले पाकिस्तानमाथि लगाम कस्न हरप्रकारको कोशिस गर्नेछ । यस्तो अवस्थामा पाकिस्तानलाई पुरानो र भरपर्दो मित्र चीनको सहारा नै प्रमुख औजार हुनेछ ।

यसका साथै, दुईवटा अन्य विकासशील देशसँग पनि पाकिस्तानले एफएटीएफमा पाकिस्तानको पक्षपोषण गर्न आग्रह गरिरहेको छ । 

अहिले नै एफएटीएफको 'ग्रे-लिस्ट'मा छ पाकिस्तान 

एफएटीएफले अघिल्लो साल नै पाकिस्तानलाई निगरानी सूची अर्थात ग्रे लिष्टमा राखिसकेको छ । युरोपेलली र अमेरिकी मुलुकहरुले आतंकवादलाई सहायता उपलब्ध गराउने देशमाथि कडा निगरानी गरिरहेका छन् ।

यसैकारण एफएटीएफले पाकिस्तानलाई तत्काल चाल्नुपर्ने विभिन्न २७ वटा कदमहरुको सूची उपलब्ध गराएको छ । जसमा आतंकवादलाई मलजल गर्न भईरहेको वित्तपोषण रोक्न र अवैध मुद्रा नियन्त्रण गर्नेजस्ता विषयहरु छन् ।

यसो गर्न सकेन भने ईरान र उत्तर कोरियालाई झैं विश्वले पाकिस्तानलाई पनि कालोसूची (ब्ल्याक लिस्ट) मा राखिदिनेछ । 

एफएटीएफको मानकमा निकै पछाडि  

एफएटीएफले दिएको शर्त कार्यान्वयनमा पाकिस्तानले जम्माजम्मी आधा मात्रै प्रगति गरेको छ । यसलाई पूर्ण कार्यान्वयन गरेको देखाउन पाकिस्तान सरकार लागिपरेको छ ।

तर इस्लामावादलाई अक्टोबरसम्म सबै मानकमा शतप्रतिशत प्रगति गर्नुपर्ने बाध्यता छ । यस्तो अवस्थामा पुग्नु पाकिस्तानका लागि वशभन्दा बाहिरको कुरा जस्तै देखिन्छ । यसैकारण पाकिस्तान अहिले एफएटीएफका अन्य सदस्य देश चीन, मलेसिया र टर्कीको सहयोग जुटाउने कोशिसमा छ ।

यी राष्ट्रहरुको सहयोग लिनसके देशलाई कालोसूचीबाट बचाउन सकिने र एफएटीएफका सदस्य देशको पनि आम सहमति कायम हुने पाकिस्तानले अपेक्षा राखेको छ । 

चिनियाँ सहयोगको अपेक्षा 

एफएटीएफका अधिकारीहरुले पाकिस्तानलाई सन् २०१९ को अक्टोबरभित्र आतंकवादी वित्त पोषण नियन्त्रण गर्न समयावधी दिएको र त्यसो हुन नसके अपर्याप्त प्रगतिका आधारमा इस्लामावादमाथि नयाँ कदम चालिने बताईरहेका छन् । 

पाकिस्तानमा यतिखेर चीनले भौतिक संरचना निर्माणमा भारी लगानी गरिरहेको छ । यसैकारण चीनले पाकिस्तानलाई कालोसूचीमा पर्नबाट जोगाउन हरसम्भव कोशिस गर्ने देखिन्छ । चीनका प्रतिनिधी सियाङमिन लियु अहिले एफएटीएफको अध्यक्ष हुन् र यो संस्थामा यतिखेर चीनको प्रभाव पनि बढिरहेको छ । 

एफएटीएफका निर्देशन लागु गर्ने तयारी 

चीन, मलेसिया र टर्कीले साथ दिएमा पाकिस्तानलाई कालोसूचीमा राख्न मुस्किल पर्नेछ । पाकिस्तानका गभर्नर रेजा बाकिरले पनि बेलाबखतमा देशलाई कालोसूचीमा पर्न नदिन यी देशसँग पर्दा पछाडि छलफल भईरहेको बताएका छन् ।

उनका अनुसार पाकिस्तानले अहिले सम्पति शुद्धीकरण र आतंकवादका विरुद्ध कडा कदम चालिरहेको छ । साथै एफएटीएफले उठाएका सबै मुद्धाहरुमाथि काम भईरहेको छ ।


चीनले पाकिस्तानमा निर्माण गरेको ग्वादर बन्दरगाह ।

चीनले पनि सम्बन्धबाट फाईदा लिनका लागि पाकिस्तानलाई कालोसूचीमा पर्न नदिन अन्य देशहरुको समर्थन लिने कोशिस गरिरहेको छ । एफएटीएफका अध्यक्ष लियु पीपल्स बैंक अफ चाईनाका अधिकारी हुन र चीनियाँ हीतका लागि उनले संगठनमा अवश्य नै आफ्नो प्रभुत्व विस्तारका लागि पुरा कोशिस गर्नेछन् । 

१३०० मानिसहरुमाथि लाग्नेछ प्रतिबन्ध 

चीनको विदेश मन्त्रालयले हालै भनेको छ कि पाकिस्तानले आतंकवादका लागि भईरहेको वित्त पोषण रोक्नेतर्फ सकारात्मक उपलब्धी हासिल गरेको छ । साथै, एफएटीएफमा बसेर आफ्नो देशले आतंकवाद विरुद्धको लडाईँमा पाकिस्तालाई रचनात्मक समर्थन र सहायता प्रदान गरिरहनेछ । 


पाकिस्तानी प्रधानमन्त्री इमरान खान ।

तर, यही जुनमा एफएटीएफले पाकिस्तानको समीक्षा गर्दै चिन्ता जाहेर गरिसकेको छ । जनवरीदेखि मे महिनाका बीचमा पाकिस्तानले आतंकवाद नियन्त्रणका क्षेत्रमा गर्नुपर्ने काममा सफलता प्राप्त नगरेको एफएटीएफले जनाएको छ ।

संयुक्त राष्ट्रसंघले आतंकवादी घोषित गरेका र तिनीहरुका सहयोगी गरी १३०० मानिसहरुमाथि प्रतिबन्ध लगाउनुपर्ने बाध्यतामा पाकिस्तान छ ।


अफगान सेनाले गरेको हवाई कारबाहीमा परी पन्ध्र विद्रोही मारिए
अफगान सेनाले गरेको हवाई कारबाहीमा परी पन्ध्र विद्रोही मारिए

अफगानिस्तान । कान्दाहार र हेलमण्डमा बिहीबार तालिबानी लडाकू लुकेर बसेका इलाकालक्षित अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १५ लडाकू मारिएका छन् । बिहीबार अपराह्न कान्..

गोलीकाण्डः अमेरिकाको फ्लोरिडामा चार जनाको मृत्यु
गोलीकाण्डः अमेरिकाको फ्लोरिडामा चार जनाको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ । समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको..

सुडानको सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु
सुडानको सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु

सुडान । खार्तुमको एक सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ भने १ सय ३० जना घाइते भएका छन् ।   कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय..

सेनाको चौकीमा आक्रमण, २३ जना मारिए
सेनाको चौकीमा आक्रमण, २३ जना मारिए

काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाको चौकीमा गरिएको दुई वटा आक्रमणका क्रममा करिब २० आतङ्कवादी र तीन सैनिक मारिएको सेनाले जनाएको छ । स्थानीय समयानुसार मङ्गलबार बिह..