'इदुल जोहा'का अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना सन्देश 


नेपालपाना प्रकाशित: २०७६-४-२७ गते
'इदुल जोहा'का अवसरमा राष्ट्रपति भण्डारीको शुभकामना सन्देश 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले देशको साझा साँस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराको संरक्षण तथा सम्बर्द्धनले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प हासिल गर्न मद्दत पुग्ने बताएकी छिन्।

इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इदुल जोहा) का अवसरमा सोमबार शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले असल पर्व र परम्पराको संरक्षण तथा सम्बद्र्धनले पर्यटन प्रबद्र्धनमा सघाउ पुग्ने पनि विश्वास व्यक्त गरेकी छिन् ।

“यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व अभिवृद्धि गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिएको छु”,  शुभकामना सन्देशमा उल्लेख छ । 

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उनले बकर इदले राष्ट्रिय एकता र सामाजिक सद्भाव सुदृढ तुल्याउँदै दिगो शान्ति कायम राख्न सकोस् भन्ने शुभेक्षा प्रकट गरेकी छिन् ।

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले पनि बकर इद पर्वको शुभकामना दिँदै यो पर्वले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ् गर्ने विश्वास व्यक्त गरेका छन् ।


मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित
मागअनुसार पर्याप्त माटो नहुँदा सरस्वतीको मूर्ति बनाउने काम प्रभावित

काठमाडौ । नजिकिँदै गएको सरस्वती पूजाको लागि मूर्ति बनाउन माटोको अभाव भएपछि पर्साको पोखरीया नगरपालिका–९ का कालीगढ शिवचन्द्र महतो यसपालि सोचेजस्तो व्यापार नहुने भएकाले चिन..

बुधबारको दिन यस्ता काम गरेमा यी सफलताहरु हात पार्न सकिन्छ
बुधबारको दिन यस्ता काम गरेमा यी सफलताहरु हात पार्न सकिन्छ

काठमाडौं । हिन्दु धर्म अनुसार बुध ग्रहलाई विष्णुको अवतार पनि मानिन्छ । बुधको दिशा उत्तर हो भने उत्तर दिशामा कुबेरको स्थान रहेको हुन्छ । यदि तपाईको घरमा आम्दानीभन्दा बढी खर्च भ..

अनिवार्य पढ्नुहोस्, हुनेछ फलिफाप र मिल्नेछ खुसि !
अनिवार्य पढ्नुहोस्, हुनेछ फलिफाप र मिल्नेछ खुसि !

काठमाडौं । महादेव प्रकृतिका अनुपम देवता हुन् । सृष्टि र समष्टिको कल्याणका लागि आफ्नो अर्धनारीश्वर रुपमासर्वे भवंतु सुखिन जुन लोक मंगलकारी शिक्षण दिन्छन् । वर्तमानमा वातावरण अस..

आज मुसा वर्षलाई स्वागत गरेर तमुल्होसार मनाइँदै, धार्मिक मान्यता के छ ?
आज मुसा वर्षलाई स्वागत गरेर तमुल्होसार मनाइँदै, धार्मिक मान्यता के छ ?

काठमाडौं । मृग वर्षको बिदाइ र मुसा वर्षलाई स्वागत गरेर आज तमुल्होसार मनाउँदैछन् । १५ पुसलाई नयाँ वर्ष मान्ने गुरुङ समुदायले मुसा वर्षलाई स्वागत गरेर आज तमुल्होसार मनाउँदैछन् ।..