बैंककी कर्मचारीको हत्या गरी मोबाईल लुट्ने दुईजना पक्राउ 


नेपालपाना प्रकाशित: २०७६-४-२७ गते
बैंककी कर्मचारीको हत्या गरी मोबाईल लुट्ने दुईजना पक्राउ 

जनकपुर । गौशालास्थित निर्धन उत्थान विकास बैंकमा कार्यरत अन्जु कुमारी श्रेष्ठको हत्या गरी मोबाईल लुटेर फरार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

हराएको मोबाईलसहित प्रहरीले गौशाला नगरपालिका–८ निवासी राजकिशोर गिरी र सोही नगरपालिका–२ का दशै ठाकुरलाई समातेको हो । गिरीले भने सो मोबाईल ठाकूरसँग किनेको बताएपछि प्रहरीले उनीहरु दुबै जनालाई पक्राउ गरेको हो । 

गत असार ५ गते राती अञ्जुको घरभित्रै हत्या भएको थियो । श्रीमानले अर्को बिहे गरेपछि माईतमै बस्दै आएकी अञ्जु सो राती चिच्याएपछि स्थानीय उनको घरमा पुगेका थिए । रक्ताम्य अवस्थामा भेटिएकी अञ्जुलाई अस्पताल पु¥याएपनि उनको उपचारकै क्रममा ज्यान गएको थियो । 

पक्राउ परेका आरोपीहरुको साथबाट प्रहरीले मोबाईलका साथै चक्कु पनि बरामद गरेको छ । सो चक्कुलाई पोष्टमार्टम रिपोर्टसँगै परीक्षणका लागि ल्याबमा पठाउने प्रहरीले जानकारी दिएको छ ।


सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध करणीको मुद्दा दर्ता
सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध करणीको मुद्दा दर्ता

ओखलढुंगा । बलात्कारको आरोपमा प्रहरीले एक सरकारी कर्मचारीसहित दुई जनाविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता गरेको छ । सात वर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालि..

निर्माणाधीन नालीमा डुबेर सुमित्राको ज्यान गयो
निर्माणाधीन नालीमा डुबेर सुमित्राको ज्यान गयो

झापा । बिर्तामोड-भद्रपुर सडकखण्डको निर्माणाधीन नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बिर्तामोड नगरपालिका-१० की करिब ६७ वर्षीया सुमित्रा राई रहेको जिल्..

भारतीय रुपैयाँसहित दुई जना वीरगन्जबाट पक्राउ
भारतीय रुपैयाँसहित दुई जना वीरगन्जबाट पक्राउ

काठमाडौ‌ । नक्कली भारतीय रुपैयाँसहित दु्ई जनालाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । प्रहरीले पर्सा हुँदै भारत छिर्न लागेका दुई जनाबाट एक लाख ९० हजार रुपैयाँ बराबरको नक्..

मोटर चलाउने क्रममा करेन्ट लागेर श्यामलालको मृत्यु
मोटर चलाउने क्रममा करेन्ट लागेर श्यामलालको मृत्यु

लहान । करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका–४ सोहपुरमा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्यामलाल यादव रहेका प्रहरीले जनाएको छ । धान..