सोमपाल कामी आवद्ध टीमले जित्यो ग्लोबल टी–२० क्रिकेट उपाधि


नेपालपाना प्रकाशित: २०७६-४-२७ गते
सोमपाल कामी आवद्ध टीमले जित्यो ग्लोबल टी–२० क्रिकेट उपाधि

काठमाडौं । नेपाली अलराउन्डर सोमपाल कामी आबद्ध टीम विनिपेग हक्सले क्यानडामा जारी ग्लोबल टी–२० क्रिकेटको उपाधी जितेको छ । आईतबार राती भएको फाईनलमा विनिपेगले भ्यानकुभर नाइटमाथि सुपर ओभरमा जित निकाल्दै उपाधि चुमेको हो ।

प्रतियोगितामा कमजोर प्रदर्शन गरेका सोमपाललाई भने टीमले फाईनलमा पनि खेलाएन । पहिलो इनिङमा ब्याटिङ गरेको विनिपिगले निर्धारित ओभरमा ८ विकेट गुमाएर १९२ रन बनाएको थियो । साइमान अनवरले सर्वाधिक ९० तथा क्रिस लिनले ३७ रन जोडेका थिए ।

भ्यानकुभर नाइटका आन्द्रे रसेलले ४ विकेट हात पारे । १९३ रनको लक्ष्य पछ्याएर मैदान उत्रिएको भ्यानकुभर पनि निधारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रनमा रोकियो ।

सुरुआत राम्रो गर्न नसके पनि भ्यानकुभरका कप्तान सोयब मल्लिक र आन्द्रे रसेलले उत्कृष्ट पारि खेले । मलिक ६४ रन बनाएर आउँट हुँदा रसेल ४६ रनमा नट आउट रहे । सुपर ओभरमा पहिला ब्याटिङ गरेको भ्यानकुभरले २ विकेट गुमाएर ९ रन बनाएको थियो ।

सुपर ओभरको पहिलो बलमा आन्द्रे रसेलले छक्का प्रहार गरेका थिए । दोस्रो बलमा एक रन लिए । तेस्रो बलमा लेग बाई मार्फत १ रन आएको थियो । चौथो बलमा रसेल आउट भएका थिए । पाँचौं बल डट भयो भने छैटौं बलमा भान डुर सेन आउट भए । १० रनको लक्ष्य पछ्याएको विनिपेग्सले २ बल बाँकी छँदै पुरा गरेको थियो ।


साफ यू-१५: नेपाल भारतसँग ५/० ले पराजित
साफ यू-१५: नेपाल भारतसँग ५/० ले पराजित

काठमाडौं । भारतमा जारी साफ यू(१५ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल भारतसँग ५(० ले पराजित भएको छ । भारतको कल्याणीमा भएको खेलमा पहिलो हाफमा दुई गोल गरेको भारतले दोस्रो हाफमा..

म्यानचेस्टरका पोग्वाले पेनाल्टी हान्न नसक्दा उल्भरह्याम्टनसँग बराबरी 
म्यानचेस्टरका पोग्वाले पेनाल्टी हान्न नसक्दा उल्भरह्याम्टनसँग बराबरी 

काठमाडौं । जारी इंग्लिस प्रिमियर लिगमा पउल पोग्वाले पेनाल्टी मिस गर्दा म्यानचेस्टर युनाइटेड उल्भरह्याम्टनसँग बराबरी रोकिएको छ । ६८ औं मिनेटमा युनाइटेडले पाएको पेनाल्टीलाई..

यु–१५ साफ च्याम्पियनसिप खेल्ने नेपाली युवा टोलीको बिदाइ
यु–१५ साफ च्याम्पियनसिप खेल्ने नेपाली युवा टोलीको बिदाइ

काठमाडौं । यु–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपाली युवा टोली भारत प्रस्थान भएको छ । अखिल नेपाल फुटबल संघ ९एन्फा० र मोरङ जिल्ला फुटबल संघले सोमबार एक..

नेपाल र किर्गिस्तानबीच आज भलिबल प्रतिष्पर्धा हुँदै 
नेपाल र किर्गिस्तानबीच आज भलिबल प्रतिष्पर्धा हुँदै 

काठमाडौं । एभीसी पुरुष सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपअन्तर्गत आज नेपाल र किर्गिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । दिउँसो चार बजे नेपालले लगनखेलस्थित आर्मी कभर्डहलमा कि..