काश्मीर विवाद : समाजवादीले विरोध ग-यो, राजपा भारतको पक्षमा


नेपालपाना प्रकाशित: २०७६-४-२७ गते
काश्मीर विवाद : समाजवादीले विरोध ग-यो, राजपा भारतको पक्षमा

काठमाडौं । भारत सरकारले जम्मु–काश्मीरको विशेष दर्जा खोस्दै केन्द्रको शासन लागु गरेपछि नेपालका मधेशकेन्द्रित दुई क्षेत्रीय दलहरुले फरक–फरक धारणा सार्वजनिक गरेका छन् ।   

हाल सत्तामा रहेका उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले जम्मु–काश्मीरमा भारतले लिएको निर्णय गलत रहेको जनाउँदै त्यसबारे सबैले बोल्नुपर्ने उल्लेख गरेका छन् ।

डा. भट्टराईले विधुतीय सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्–"काश्मीर घटना दुरगामी महत्त्वको छ । राज्य–राज्य बीचको सम्बन्धबारे बोल्दा कुटनीतिक बन्नुपर्ला । तर, लोकतन्त्र, आत्मनिर्णयको अधिकार, राष्ट्रिय स्वाधीनता, संघीय शासन, धर्मनिरपेक्षता, प्रेस स्वतन्त्रता मानव जातीका साझा मुद्दा हुन् । तिनको हनन् जहाँ जसले गरेपनि बेठीक हो र त्यो सबैले भन्न सक्नुपर्छ ।"

हाल प्रतिपक्षमा रहेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले नेपाल एक भारतको नीतिमा उभिनुपर्ने बताएका छन् । शनिवार पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा यादवले जसरी नेपाल एक चीन नीतिमा उभिएको छ, त्यसरी नै एक भारतको नीतिमा पनि उभिनुपर्ने बताए । 

दुवै पार्टीका नेताहरुले जम्मू–काश्मीरमा भएको पछिल्लो घटनाबारे बोलेपनि ती पार्टीहरुले औपचारिक धारणा सार्वजनिक गरेका छैनन ।


कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, साढे २ हजार सङ्क्रमित
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, साढे २ हजार सङ्क्रमित

चीन । कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ भने दुइ हजार ७४४ जना सङ्क्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । सङ्क्रमितमध्य..

श्रीलङ्कामा मुसलमानमाथि कडाई, मदरसाको पाठ्यक्रम नै बदल्ने तयारी
श्रीलङ्कामा मुसलमानमाथि कडाई, मदरसाको पाठ्यक्रम नै बदल्ने तयारी

काठमाडौं : श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षले देशभरका सबै मुसलमानका धार्मिक पाठशाला (मदरसा) दर्ता गराउन सरकारी अधिकारीहरुलाई निर्देशन दिएका छन्।  मुस्ल..

कोरोना भाइरस नियन्त्रण गर्न चीन विफल, अमेरिकाले दुतावासका कर्मचारी नै फिर्ता बोलायो
कोरोना भाइरस नियन्त्रण गर्न चीन विफल, अमेरिकाले दुतावासका कर्मचारी नै फिर्ता बोलायो

काठमाडौं : आफ्नै भूमीबाट फैलिएको नोबेल कोरोना भाइरस नियन्त्रण गर्न चीन विफल भएको छ। बेलायतस्थित शोधकर्ताहरुको समूहले यो भाइरस चीनले नियन्त्रण गर्न नसक्ने बताइदिएका छन्।&n..

ब्राजिलमा अत्यधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४  पुग्यो
ब्राजिलमा अत्यधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४  पुग्यो

रियो दि जेनेरियो । ब्राजिलको दक्षिणपूर्वी क्षेत्रमा अत्यधिक बर्षाका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।  मिनास गेरैस राज्य अन्तर्गत बेलो होराईजोन्टमा उनीहरुको मृत्..