आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा ४०.३५ प्रतिशत युवा


नेपालपाना प्रकाशित: २०७६-४-२७ गते
आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा ४०.३५ प्रतिशत युवा

काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवस– नेपालमा पनि शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवर्द्धन भन्ने नाराका मनाईँदैछ ।

यो दिवस संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९९ देखि अगस्ट १२ तारिखका दिन विश्वभर मनाउन थालिएको हो । नेपालले पनि  सन् २००४ देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आईरहेको छ।

नेपालमा २०६८ को राष्ट्रिय जनगणना अनुसार १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कुल ४० दशमलव ३५ प्रतिशत अर्थात् एक करोड सात लाख युवा छन् । तर, युवा विकास सूचकाङ्कमा नेपाल विश्वमा ७७ औँ नम्बरमा छ ।

युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि राष्ट्रिय युवा नीति बनाई युवा विकासका विषयवस्तुलाई नीतिगत रूपमा समावेश गरिएको छ ।

युवाका विषयमा विश्वका सरकार तथा सरोकारवालालाई सचेत र जागरुक बनाउन यो दिवस मनाउने गरिन्छ । दिवस मनाइए पनि युवामा बेरोजगारी, अर्धदक्ष जनशक्ति, गुणस्तरीय शिक्षा जस्ता समस्या रहेका छन् ।

युवा बेला भनेको जोश, जाँगर सिर्जना र रचनात्मकतामार्फत समाज र देशका लागि योगदान दिन सक्ने सयम हो । तर, नेपालमा युवामैत्री ब्यवस्था बन्नै नसकेको र युवालाई देशको विकासमा उपयोग नगरिएको गुनासो पटकपटक उठ्ने गरेको छ ।


‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुल्ने पक्राउ
‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुल्ने पक्राउ

जनकपुर। सडकमा हिँड्नेसँग रकम असुली गर्ने एक जना पक्राउ परेका छन् । ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै रकम असुली गर्ने  बस्ने ३० वर्षीय प्रतिक कुमार चौध..

भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने सरकारको तयारी
भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले संवेदनशिल भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने भएको छ । चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्ने देखिएपछि राजस्व चुहावट नियन्त्रण उच्चस्त..

आईसीयूबाटै पक्राउ परेका सिद्धबाबालाई पुनः सात दिन थुनामा राख्न अदालतले दिए अनुमति
आईसीयूबाटै पक्राउ परेका सिद्धबाबालाई पुनः सात दिन थुनामा राख्न अदालतले दिए अनुमति

विराटनगर ।  सिद्धबाबा भनिने कृष्ण गिरीलाई अनुशन्धानका लागि भन्दै पुनः सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।  अनुशन्धान नसकिएको भन्दै  आज सुनसरी जिल्ल..

न्यायपरिषद सदस्यबाट वैदिकले दिए राजीनामा
न्यायपरिषद सदस्यबाट वैदिकले दिए राजीनामा

काठमाडौं। न्यायपरिषद सदस्य पदम वैदिकले परिषद सदस्यबाट राजीनामा बुझाएको छ । सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा सिफारिस हुने निश्चित भएपछि उनले राजीनामा बुझाउने निर्णय..