पाकिस्तानी संचारमाध्यमहरुलाई सरकारको निर्देशन - भारतविरोधी सामग्रीहरू मात्रै प्रशारण गर्नु (पत्रसहित)


नेपालपाना प्रकाशित: २०७६-४-२७ गते
पाकिस्तानी संचारमाध्यमहरुलाई सरकारको निर्देशन - भारतविरोधी सामग्रीहरू मात्रै प्रशारण गर्नु (पत्रसहित)

काठमाडौं । पाकिस्तान सरकारले त्यहाँस्थित टेलिभिजन च्यानलहरूलाई आगामी बुधबार र बिहिबारका दिन भारतविरोधी सामग्री मात्र प्रशारण गर्न निर्देशन दिएको छ ।
संविधानको अनुच्छेद खारेज गरी जम्मु-काश्मिरलाई दिईएको विशेषाधिकार अन्त्य गरेपछि भारतसँग पाकिस्तान क्रुद्ध बनेको छ ।

पाकिस्तानको मिडिया नियमन प्राधिकरणका महाप्रबन्धक मोहम्मद ताहिरले जारी गरेको परिपत्रमा काश्मिरी नागरिकका प्रति ऐक्यबद्धता व्यक्त गर्न ईदका विशेष कार्यक्रम समेत प्रशारण नगर्न निर्देशन दिइएको छ ।

सबै स्याटेलाइट टेलिभिजन च्यानल, एफएम रेडियो र सञ्चार माध्यमहरूलाई काश्मिरप्रति ऐक्यबद्धता झल्किने सामग्री प्रकाशन रप्रशारण गर्न पनि निर्देश गरिएको छ ।
पाकिस्तानी स्वतन्त्रता दिवस अर्थात १४ अगस्टलाई काश्मिरीहरूप्रति ऐक्यबद्धता जनाउने दिवसका रूपमा पाकिस्तानले मनाउन लागेको छ । यस्तै, १५ अगस्ट अर्थात बिहिबारलाई कालो दिवसका रूपमा मनाउने निर्णय भएको जनाउँदै देशको झण्डा आधा झुकाउने जानकारी पनि सो परिपत्रमा उल्लेख छ ।

सो दिनभर भारतविरोधी सामग्री प्रकाशन रप्रशारण गर्न, भारतमा मुस्लिम र अल्पसंख्यकहरूमाथि भएको भनिएको अत्याचारका विरूद्ध प्रचार गर्न पनि पाकिस्तान सरकारले मिडियाहरूलाई निर्देशन जारी गरेको छ ।


गोलीकाण्डः अमेरिकाको फ्लोरिडामा चार जनाको मृत्यु
गोलीकाण्डः अमेरिकाको फ्लोरिडामा चार जनाको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ । समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको..

सुडानको सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु
सुडानको सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु

सुडान । खार्तुमको एक सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ भने १ सय ३० जना घाइते भएका छन् ।   कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय..

सेनाको चौकीमा आक्रमण, २३ जना मारिए
सेनाको चौकीमा आक्रमण, २३ जना मारिए

काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाको चौकीमा गरिएको दुई वटा आक्रमणका क्रममा करिब २० आतङ्कवादी र तीन सैनिक मारिएको सेनाले जनाएको छ । स्थानीय समयानुसार मङ्गलबार बिह..

भारत-तिब्बत सीमा प्रहरी क्याम्पमा आपसी गोलाबारी, ६ जवानको मृत्यु 
भारत-तिब्बत सीमा प्रहरी क्याम्पमा आपसी गोलाबारी, ६ जवानको मृत्यु 

नयाँ दिल्ली । छत्तीसगढको माओवाद प्रभावित नारायणपुर जिल्लामा भारत–तिब्बत सीमा प्रहरी बलको एक क्याम्पमा आपसी गोलाबारीमा ६ जवानको मृत्यु भएको छ ।   नारायणपुरका एसपी..