अमेरिकाको भिषा र ग्रीनकार्ड लिन थप कठिन, ट्रम्पको आदेशमा ल्याईयो कडा नियम


नेपालपाना प्रकाशित: २०७६-४-२८ गते
अमेरिकाको भिषा र ग्रीनकार्ड लिन थप कठिन, ट्रम्पको आदेशमा ल्याईयो कडा नियम

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आप्रवासीको भिसा अवधि बढाउने र ग्रीन कार्ड लिने प्रक्रियामा थप कडाइ गरेको छ ।

राष्ट्रपति भएदेखि नै आप्रवासीका मामलामा नै कठोर देखिएको ट्रम्प प्रशासनले नयाँ ग्रीन कार्ड लिने र अस्थायी प्रवेश अनुमतिका लागि आवेदन दिने आप्रवासीहरुलाई कडाइ गर्ने भएको हो । 

पछिल्लो निर्णयबाट अमेरिकामै एक बर्षभन्दा बढी बस्न चाहने र सरकारी सुविधा पाउने आप्रवासी प्रभावित हुनेछन्  । ट्रम्प प्रशासनले नयाँ नियम घोषणा गर्दै ग्रीनकार्डका लागि फारम भरेकाहरुको आवेदन पनि अस्वीकार गरेको छ ।

भविष्यमा यसको आवश्यकता परेमा मात्रै ग्रीन कार्ड लागि फारम भरेकाको आवेदनलाई अनुमति दिइने ह्वाइट हाउसले जनाएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकको हित र देशको सुरक्षाका लागि आप्रवासीलाई कडाइ गरिएको दाबी गरेका छन् । 

अमेरिकी नागरिकता तथा आप्रवासी सेवा विभागका कार्यवाहक निर्देशक केन कुच्चिनेलीले ग्रीनकार्डका लागि आवेदन दिएका आप्रवासीहरुको आर्थिक अवस्था, शिक्षा, उमेर र अङ्ग्रेजी भाषाको ज्ञानका आधारमा निर्णय लिइने बताए । यो नियम आउँदो महिनाको अक्टोबर १५ ताखिरबाट लागू हुनेछ ।

यस नियमले यसअघि नै अमेरिकामा रहेका र शरणार्थी शिविरमा बसेका आप्रवासीलाईभन्दा नयाँ अमेरिकी भिसा र ग्रीन कार्ड लिने चाहेका व्यक्तिलाई असर गर्नेछ ।


गोलीकाण्डः अमेरिकाको फ्लोरिडामा चार जनाको मृत्यु
गोलीकाण्डः अमेरिकाको फ्लोरिडामा चार जनाको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ । समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको..

सुडानको सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु
सुडानको सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु

सुडान । खार्तुमको एक सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ भने १ सय ३० जना घाइते भएका छन् ।   कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय..

सेनाको चौकीमा आक्रमण, २३ जना मारिए
सेनाको चौकीमा आक्रमण, २३ जना मारिए

काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाको चौकीमा गरिएको दुई वटा आक्रमणका क्रममा करिब २० आतङ्कवादी र तीन सैनिक मारिएको सेनाले जनाएको छ । स्थानीय समयानुसार मङ्गलबार बिह..

भारत-तिब्बत सीमा प्रहरी क्याम्पमा आपसी गोलाबारी, ६ जवानको मृत्यु 
भारत-तिब्बत सीमा प्रहरी क्याम्पमा आपसी गोलाबारी, ६ जवानको मृत्यु 

नयाँ दिल्ली । छत्तीसगढको माओवाद प्रभावित नारायणपुर जिल्लामा भारत–तिब्बत सीमा प्रहरी बलको एक क्याम्पमा आपसी गोलाबारीमा ६ जवानको मृत्यु भएको छ ।   नारायणपुरका एसपी..