भारतमा बाढीका कारण हालसम्म १ सय ८४ जनाको मृत्यु, १० लाख मानिस विस्थापित


प्रकाशित: २०७६-४-२८ गते
भारतमा बाढीका कारण हालसम्म १ सय ८४ जनाको मृत्यु, १० लाख मानिस विस्थापित

नयाँ दिल्ली । अघिल्लो सातादेखि लगातार परेको वर्षासँगै आएको बाढीमा परी भारतमा हालसम्म १ सय ८४ जनाको मृत्यु भएको छ । 

सोमबारसम्ममा मृत्यु हुनेको संख्या बढेर १ सय ८४ पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले बाढीका कारण दश लाख मानिस विस्थापित भएको पनि बताएका छन्।

देशको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा गत हप्ता तीन दिनसम्म भारी वर्षा भएपछि बाढीले जनधनको क्षति गरेको हो।

"यहाँ कम्तीमा ७६ जनाको मृत्यु भएको छ, ५८ जना अझै हराइरहेका छन् भने ३२ जनालाई घाइते अवस्थामा भेटेर उद्धार गरिएको छ," केरलाका प्रहरी प्रवक्ता प्रमोद कुमारले भने। 

पछिल्लो विवरणअनुसार यस राज्यका मात्रै झण्डै दुई लाख ८८ हजार मानिस प्रभावित भएका उनले बताए। केरला राज्यका वायानाद, मालापुरम र कोझीकोडका बासिन्दालाई शिविरमा राखिएको पनि उनले जानकारी दिए।

छिमेकी कर्नाटक राज्यमा कम्तीमा ४२ जनाको मृत्यु भएको विवरण प्रहरीले दिएको छ। यो तथ्याङ्क पछिल्लो समयको सबैभन्दा नराम्रो भएको अधिकारीहरुले जनाएका छन्।

"हाम्रो राज्यबाट ५ लाख ८० हजारभन्दा बढी विस्थापित भएका छन्," कर्नाटक राज्य सरकारका एक उच्च अधिकारीले भने।  बाढीका कारण धेरै राजमार्ग र अन्य भित्री सडकहरुमा क्षति भएकाले सवारी साधन चल्न नसकेको समाचारमा जनाइएको छ।

भारतीय सञ्चार माध्यमहरुले अरु ६६ जनाको पनि बाढीका कारण मृत्यु भएको जनाएका छन्। उनीहरुको महाराष्ट्र र गुजरातमा मृत्यु भएको र अन्य दशौँ हजार जना विस्थापित भएको अधिकारीहरुले जनाएका छन्।


गोलीकाण्डः अमेरिकाको फ्लोरिडामा चार जनाको मृत्यु
गोलीकाण्डः अमेरिकाको फ्लोरिडामा चार जनाको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ । समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको..

सुडानको सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु
सुडानको सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु

सुडान । खार्तुमको एक सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ भने १ सय ३० जना घाइते भएका छन् ।   कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय..

सेनाको चौकीमा आक्रमण, २३ जना मारिए
सेनाको चौकीमा आक्रमण, २३ जना मारिए

काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाको चौकीमा गरिएको दुई वटा आक्रमणका क्रममा करिब २० आतङ्कवादी र तीन सैनिक मारिएको सेनाले जनाएको छ । स्थानीय समयानुसार मङ्गलबार बिह..

भारत-तिब्बत सीमा प्रहरी क्याम्पमा आपसी गोलाबारी, ६ जवानको मृत्यु 
भारत-तिब्बत सीमा प्रहरी क्याम्पमा आपसी गोलाबारी, ६ जवानको मृत्यु 

नयाँ दिल्ली । छत्तीसगढको माओवाद प्रभावित नारायणपुर जिल्लामा भारत–तिब्बत सीमा प्रहरी बलको एक क्याम्पमा आपसी गोलाबारीमा ६ जवानको मृत्यु भएको छ ।   नारायणपुरका एसपी..