रहेनन् इतिहासविद् हरिकान्तलाल दास


नेपालपाना प्रकाशित: २०७६-४-२८ गते
रहेनन् इतिहासविद् हरिकान्तलाल दास

राजविराज । इतिहासविद् तथा अनुसन्धाता हरिकान्तलाल दासको ७८ वर्षको उमेरमा निधन भएको छ । केही वर्षदेखि मुटु तथा मधुमेहलगायतका रोगबाट पीडित दासको सोमबार सप्तरीको राजविराजस्थित निवासमा निधन भएको हो।

दास महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका अवकाशप्राप्त इतिहास तथा संस्कृति विभाग प्रमुख समेत हुन् । उनले त्रिभुवन विश्वविद्यालयमा ३६ वर्षसम्म सेवा गरेका थिए ।

गहन अध्ययन–अनुसन्धान एवं शोध तथा कृति प्रकाशन गरेका दासका आधा दर्जनभन्दा बढी कृतिहरु प्रकाशित छन् ।  ‘सप्तरीको राजनीतिक इतिहास एवं प्रमुख धार्मिक स्थलहरु’, ‘सप्तरी जिल्लाका प्रमुख ऐतिहासिक गढीहरु’  ‘सप्तरी जिल्लाका प्रमुख सांस्कृतिक स्थलहरु एक अध्ययन’ जस्ता पुस्तकहरु दासले लेखेका छन् । 

साथै, प्राचीन विदेह, सिम्रौनगढ, सेनवंशी शासनकाललगायतका विषयमा समेत दासले अध्ययन अनुसन्धान र शोधहरु गरेका थिए ।


गौरा पर्वका दिन सुदूरपश्चिममा सार्वजनिक बिदा
गौरा पर्वका दिन सुदूरपश्चिममा सार्वजनिक बिदा

धनगढी । गौरा पर्वका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर..

दिवंगत आत्माको सम्झनामा आजदेखि गाईजात्रा शुरू
दिवंगत आत्माको सम्झनामा आजदेखि गाईजात्रा शुरू

काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमसहित आरम्भ हुँदैछ। आजको दिन एक वर्षभित्र..

आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै, यस्तो छ जनै र रक्षासूत्रको महत्व
आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै, यस्तो छ जनै र रक्षासूत्रको महत्व

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व बिहीबार देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिम..

हिन्दु बने इमरान खान, 'राम राघव' नयाँ नाम !
हिन्दु बने इमरान खान, 'राम राघव' नयाँ नाम !

नयाँदिल्ली । संसारभर विभिन्न धर्म प्रचलनमा छन् । धार्मिक कट्टरता र सांस्कृतिक सामिप्यताका कारण हत्तपत्त मानिसले धर्म परिवर्तन गर्दैन । इस्लाम धर्मालम्बीहरु त यस मामिलामा अझ कठ..