बालुवा उत्खनन गरेको खाल्डोमा डुब्दा २ जनाको ज्यान गयो


नेपालपाना प्रकाशित: २०७६-४-२८ गते
बालुवा उत्खनन गरेको खाल्डोमा डुब्दा २ जनाको ज्यान गयो

ककनी । बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार २ जनाको मृत्यु भएको छ।

ओखरपौवास्थित कोल्पुखोला किनारमा अवैधरूपमा बालुवा उत्खननको क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीया बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुली फिक्कल गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी तामाङको डुबेर मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ।

नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलका अनुसार साँझ ५ः३० बजेतिर खोला किनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको हो।

स्थानीयवासीले खोलामा अवैधरूपमा बालुवा उत्खनन गर्ने व्यक्तिका कारण दुर्घटना भएको भन्दै विरोध गरिरहेका छन्।


‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुल्ने पक्राउ
‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै सडकमा हिँड्नेसँग रकम असुल्ने पक्राउ

जनकपुर। सडकमा हिँड्नेसँग रकम असुली गर्ने एक जना पक्राउ परेका छन् । ‘क्राइम ब्रान्च’ को मान्छे हुँ भन्दै रकम असुली गर्ने  बस्ने ३० वर्षीय प्रतिक कुमार चौध..

भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने सरकारको तयारी
भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने सरकारको तयारी

काठमाडौं । सरकारले संवेदनशिल भन्सार नाकामा अनुगमन तथा गस्ती बढाउने भएको छ । चालु आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्ने देखिएपछि राजस्व चुहावट नियन्त्रण उच्चस्त..

आईसीयूबाटै पक्राउ परेका सिद्धबाबालाई पुनः सात दिन थुनामा राख्न अदालतले दिए अनुमति
आईसीयूबाटै पक्राउ परेका सिद्धबाबालाई पुनः सात दिन थुनामा राख्न अदालतले दिए अनुमति

विराटनगर ।  सिद्धबाबा भनिने कृष्ण गिरीलाई अनुशन्धानका लागि भन्दै पुनः सात दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।  अनुशन्धान नसकिएको भन्दै  आज सुनसरी जिल्ल..

न्यायपरिषद सदस्यबाट वैदिकले दिए राजीनामा
न्यायपरिषद सदस्यबाट वैदिकले दिए राजीनामा

काठमाडौं। न्यायपरिषद सदस्य पदम वैदिकले परिषद सदस्यबाट राजीनामा बुझाएको छ । सर्वोच्च अदालतमा रिक्त रहेको न्यायाधीश पदमा सिफारिस हुने निश्चित भएपछि उनले राजीनामा बुझाउने निर्णय..