पूर्व र पश्चिम क्षेत्रमा भारी बर्षा हुँदै, सतर्कता अपनाउन आग्रह 


नेपालपाना प्रकाशित: २०७६-४-२८ गते
पूर्व र पश्चिम क्षेत्रमा भारी बर्षा हुँदै, सतर्कता अपनाउन आग्रह 

काठमाडौं । आज मध्यान्हपछि देशको पूर्वी र पश्चिमी भागमा ठूलो बर्षा हुने अनुमान गर्दै मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । 

विशेषगरी चुरे हुँदै बग्ने नदीहरुमा पानीको बहाव आकस्मिक बढ्न सक्ने र त्यसले जोखिम निम्त्याउने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।

महाशाखाले आज प्रदेश २, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिमको चुरे र तराईबाट बहने केही साना नदीमा बहाव तुलनात्मक रूपमा बढ्ने तथा केही आकस्मिक बहावको सम्भावना रहेको जनाएको छ।

ईलाम, झापा, ओखलढुंगा, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, रसुवा, नुवाकोट, गोरखा, धादिङ, चितवन, बागलुङ, कपिलवस्तु, दाङ, रोल्पा, रूकुम, जाजरकोट, सल्यान, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, डोटी, डडेलधुरा, बैतडीलगायत आसपास जिल्ला भई बहने नदीहरूमा बहाव उल्लेख्य बढ्ने तथा केही साना नदीमा आकस्मिक बहावको सम्भावना रहेको छ । 

अहिले मुलुकभर आंशिक बदली रहेको र तराईका केही स्थानमा वर्षा भइरहेको छ ।


अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 
अर्घाखाँचीमा यात्रुबहाक जीप दुर्घटना, ४ जनाको मृत्यु 

अर्घाखाँची । यात्रुबहाक जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने दर्जन भन्दा बढी घाईते भएका छन।  सन्धिखर्कबाट प्युठानतर्फ जाँदै गरेको जिप अर्घाखाँचीको लात्तेबाँझमा..

देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा
जेलर चिरञ्जिवी थापाविरुद्ध १ करोड १३ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा कारागार कार्यालय भीमफेदी, मकवानपुरका तत्कालीन जेलर चिरञ्जिवी थापाले अकूत सम्पत्ति आर्जन गरिएको देखिएपछि थाप..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..