त्रिशुली बस दुर्घटना : बेपत्ता भएका दर्जनौंको खोजी गर्न ५ जिल्लाका प्रहरी परिचालन 


नेपालपाना प्रकाशित: २०७६-४-२८ गते
त्रिशुली बस दुर्घटना : बेपत्ता भएका दर्जनौंको खोजी गर्न ५ जिल्लाका प्रहरी परिचालन 

धादिङ । धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–३, सलाङघाटमा भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रुको खोजीका लागि जिल्ला प्रशासन कार्यालय धादिङले छिमेकी ४ जिल्लालाई खोजीकार्यमा सहयोग गर्न आग्रह गरेको छ।

धादिङका प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले गोरखा, चितवन, नवलपरासी पूर्व र तनहुँ पुगेर बेपत्ताको खोजी गर्न आग्रह गरेपछि सबै जिल्लाका प्रहरी नदी किनारमा खोजीमा लागेका छन्। खोजीकार्यलाई प्रभावकारी बनाउन सबै जिल्लाका सुरक्षा निकायलाई समन्वय गरिएको हो। 

चितवनको कुरिनटारमा सोमबार बसेको समन्वय बैठकमा दुर्घटनामा बेपत्ता यात्रुका आफन्तले बारम्बार भइरहने सवारी दुर्घटना कम गराउन सरकारले प्रभावकारी कार्य गर्न नसकेको बताएका छन्। वर्षाको समय ठूलो बाढी आएकाले उद्धार र खोजीकार्यमा कठिनाइ भए पनि सुरक्षा निकाय निरन्तर सक्रियताका साथ काम गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए।

गत शुक्रबार मलङ्गवामा चालकदलसहित ४५ यात्रु बोकेर काठमाडौंतर्फ आएको ना६ख ७४६९ नम्बरको बस दुर्घटना भएको थियो। हालसम्म दुर्घटनामा परेर मृत्यु भएका ११ जनाको मात्रै शव फेला परेको छ। उक्त बसमा अन्य १९ यात्रु र केही नाम खुल्न नसकेका काखे बालकसमेत बेपत्ता भएको आशङ्का गरिएको प्रजिअ पाण्डेले बताए।

खोजीकार्य गर्न हिँडेरमात्र सम्भव नभएकाले त्रिशूली नदी किनारमा रहेका ६ वटा रिसोर्टलाई समेत सतर्क रहन र खोजीकार्यमा सघाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।


प्रदेश २ र सुदूरपश्चिम र प्रदेश २ मा आज सार्वजनिक विदा
प्रदेश २ र सुदूरपश्चिम र प्रदेश २ मा आज सार्वजनिक विदा

काठमाडौं । श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा आज क्रमशः प्रदेश २ र सुदुरपश्चिम प्रदेशले सार्वजनिक बिदा दिएको छ ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक शुभ..

‘स्वीस बैंकमा पैसा राख्ने नेपाली पत्ता लगाउन कठिन छ’
‘स्वीस बैंकमा पैसा राख्ने नेपाली पत्ता लगाउन कठिन छ’

 काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले विदेशी बैंकमा नेपाली लुकाएका पैसा सरकारले खोजिरहेको बताएका छन्।  बैठकमा अर्थमन्त्र..

भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न विदेश मन्त्री जय..

काश्मीरको बारेमा आफ्नो अडान स्पष्ट गर्दै बंगलादेश बोल्यो
काश्मीरको बारेमा आफ्नो अडान स्पष्ट गर्दै बंगलादेश बोल्यो

काठमाडौं । काश्मीरको बारेमा आफ्नो अडान स्पष्ट गर्दै बंगलादेशले धारणा सार्वजनिक गरेको छ । उसले २१ अगष्टमा विज्ञप्तिमार्फत् भारत सरकारको संविधानको धारा ३७० खारेज गर्ने निर्णय..