प्रधानमन्त्री ओलीले नै संरक्षण गरेपछि 'पठाओ'को मनलाग्दी ठगी 


नेपालपाना प्रकाशित: २०७६-४-२८ गते
प्रधानमन्त्री ओलीले नै संरक्षण गरेपछि 'पठाओ'को मनलाग्दी ठगी 

काठमाडौं । राइड सेयरिङका नाममा कानूनी प्रकृया नै पुरा नगरी भाडाका सवारीसाधन चलाउँदै आएको पठाओले मनलाग्दी ठगी गर्न थालेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षण गरेपछि पठाओको मनलाग्दी बढेको हो । निजी मोटरसाईकल र ट्याक्सीलाई कानूनविपरित सार्वजनिक यातायात सेवाका लागि प्रयोग गरेपछि केही समयअघि पठाओ र टुटलजस्ता कम्पनीलाई बन्द गर्न खोजेको थियो । तर प्रधानमन्त्रीले कारबाही नगर्न ठाडो आदेश दिएपछि पठाओले ट्याक्सी सेवाका नाममा यात्रु ठग्न थालेको छ । 

गत साउनदेखि मोटरसाईकल चलाएर यात्रु ठग्दै आएको पठाओले यही शुक्रबारदेखि ट्याक्सी भाडामा लगाउन थालेको छ । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात व्यवस्थापनमा भईरहेको कमजोरीको फाईदा उठाउँदै यो कम्पनीले मनलाग्दी मूल्य लिएर पछिल्लो पटक ट्याक्सी भाडामा लगाउन शुरु गरेको हो ।

अनलाईन एप्लिकेशनसमेत विकास गरेको पठाओले ट्याक्सीबाट सेवा दिने भन्दा पनि यात्रुबाट असुली गर्ने नियत राखेको प्रष्ट देखिन्छ । सरकारले हाल सञ्चालित ट्याक्सीहरुका लागि तोकेको दररेटभन्दा १०० रुपैयाँ बढी असुल्नेगरी पठाओले सेवा शुरु गरेपनि सरकारले हालसम्म यो कम्पनीलाई कारबाही गर्न सकेको छैन ।

सार्वजनिक सवारी साधनहरुका लागि सरकारले तोकेको भाडादरभन्दा बढी असुलेर सीधै ग्राहक ठगिरहेपनि प्रधानमन्त्री केपी ओली शर्माले संरक्षण दिएका कारण यो कम्पनीमाथि कारबाही गर्न नसकिएको यातायात व्यवस्था विभागका अधिकारीहरु बताउँछन् ।

गैरकानूनी रुपमा मोटरसाईकल भाडामा लगाएपछि कारबाही गर्न खोज्दा प्रधानमन्त्रीले रोकेको र कर निर्धारण गर्दा अर्थमन्त्री डा. युवराज खतिवडाले मिनाहा गरिदिएका कारण पठाओ र टुटलले मनलाग्दी गर्न थालेको हुन् । 

नेपालमा सबै प्रकारका सार्वजनिक यातायात सेवा सञ्चालन गर्न चाहने कम्पनीले यातायात व्यवस्था विभागबाट अनिवार्य रुपमा अनुमति लिनुपर्छ । साथै सरकारले तोकिदिएको भाडादरमा यातायात सेवा सञ्चालन गर्नुपर्छ । तर पठाओले अहिलेसम्म यस्तो अनुमति लिएको छैन ।


विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० र..

भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरम गिरफ्तार, ३ अर्ब ५ करोडको मामिला 
भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरम गिरफ्तार, ३ अर्ब ५ करोडको मामिला 

काठमाडौं । भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरमलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।  बुधबार बेलुकी घरको भित्ता नै फोडेर प्रहरीले उनलाई समातेको हो । उनलाई..

सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार ७१ हजार ३०० मा कारोबार भएको छ ।  यस्तै तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भइरहेको नेपाल सु..

डलरको भाउ ११५ रुपैयाँ नाघ्यो, अरु मुद्राको सटहीदर पनि बृद्धि
डलरको भाउ ११५ रुपैयाँ नाघ्यो, अरु मुद्राको सटहीदर पनि बृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३ पैसा तोकेको छ ।  साउदी रियाल १ को खरिददर ३० रुप..