काश्मिर मामिला : राष्ट्रसंघीय सुरक्षा परिषदमा पनि एक्लियो पाकिस्तान 


नेपालपाना प्रकाशित: २०७६-४-२८ गते
काश्मिर मामिला : राष्ट्रसंघीय सुरक्षा परिषदमा पनि एक्लियो पाकिस्तान 

काठमाडौं । काश्मिर मामिलामा भारतविरुद्ध विश्वव्यापी समर्थन खोजिरहेको पाकिस्तान संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् (युएनएससी) मै एक्लिएको छ । 

परिषद्को अध्यक्षता गरिरहेको देश पोल्याण्डबाटै पाकिस्तानले अपेक्षा गरेको सहयोग नपाउने पक्का भएको हो । पोल्याण्डले सोमबार दिल्ली र इस्लामाबादलाई द्विपक्षीय स्तरबाटै काश्मिरको मुद्दालाई सुल्झाउन सुझाव दिएको छ । 

भारत र पाकिस्तानबीच बढिरहेको तनावपूर्र्ण कूटनीतिक सम्बन्धबारे पोल्याण्डले पहिलोपटक प्रतिक्रिया दिएको हो । पोल्याण्डको पछिल्लो प्रतिक्रियासँगै सुरक्षा परिषद्मा काश्मिरको मुद्दा उठाउने पाकिस्तानको प्रयास थप अप्ठ्यारोमा परेको छ ।

पोल्याण्ड अगस्ट महिनाका लागि सुरक्षा परिषद्को अध्यक्ष बनेको छ । परिषद्का सदस्य मुलुकहरुले महिनैपिच्छे पालैपालो अध्यक्षता गर्ने गर्छन् । 

पोल्याण्डले प्रतिक्रिया दिनुअघि सुरक्षा परिषद्को स्थायी देश रुसले पनि काश्मिरमा भारतले उठाएको कदम भारतीय गणराज्यको संविधान अनूकुल नै रहेकोे बताईसकेको छ । 

भारतले अघिल्लो साता काश्मिरलाई दिइँदै आएको विशेषाधिकार खारेज गरेको थियो । संविधानको अनुच्छेद ३७० नै खारेज गरी काश्मिरमा केन्द्रीय शासन लागु गरेपछि पाकिस्तान चिढिएको छ ।

यसको विरोधमा इस्लामाबादले भारतसँगको कुुटनीतिक सम्बन्ध थप साँघुरो बनाएको छ भने द्विपक्षीय व्यापार पनि रोकेको छ । साथै, पारबहनका साधनहरु पनि ठप्प पारेको छ । 

पाकिस्तानले काश्मिरलाई भारतविरोधी मसाला बनाउन खोजेपछि नयाँ दिल्ली पनि सतर्क बनिरहेको छ । भारतीय विदेशमन्त्री जयशंकर गोखलेले पोल्याण्डका विदेशमन्त्री जेसेक जापुतोविक्जसँग फोनमा वार्तालाप गरिसकेका छन् । 

भारतका लागि पोल्याण्डका राजदुत एडम बुराकोब्स्कीले पनि काश्मिरबारे दुई देश मिलेर द्विपक्षीय स्तरमा समाधान निकाल्नुपर्ने बताएका छन् ।


अमेरिकी सैनिकको विमान दुर्घटनाग्रस्त
अमेरिकी सैनिकको विमान दुर्घटनाग्रस्त

एजेन्सी । अमेरिकी सैनिकको विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनाको जिम्मा तालिवानले लिएको छ । अमेरिकी सेनाले सोमबार अफगानिस्तानको पूर्वी क्षेत्रमा आफ्नो..

पाकिस्तानमा फेरी अर्को हिन्दू केटी बिहेकै समयमा अपहरित, हिन्दूहरु 'चिन्तित'
पाकिस्तानमा फेरी अर्को हिन्दू केटी बिहेकै समयमा अपहरित, हिन्दूहरु 'चिन्तित'

काठमाडौं । पाकिस्तानमा फेरी अर्को हिन्दू कन्या अपहरणमा परेकी छन् ।  पाकिस्तानी पुलिस र सेनाको सहयोगमा अपहरणकारीले भारती नन्दन निशाको अपहरण गरेको खुलेको छ । भारतीको केह..

कोरोनाले ग्रस्त चीन भारतसँग निहुँ खोज्‍न फेरि राष्ट्रसंघ पुग्यो
कोरोनाले ग्रस्त चीन भारतसँग निहुँ खोज्‍न फेरि राष्ट्रसंघ पुग्यो

काठमाडौं : आफ्नै भूमीमा पैदा भएको कोरोना भाइरसबाट ८० भन्दा बढी नागरिकको मृत्यु भइरहँदा संकट समाधान गर्नुको साटो चीन छिमेकी भारत अधिनस्थ कास्मीर मामिला लिएर संयुक्त राष्ट्..

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, साढे २ हजार सङ्क्रमित
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, साढे २ हजार सङ्क्रमित

चीन । कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ भने दुइ हजार ७४४ जना सङ्क्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । सङ्क्रमितमध्य..