बिहे गर्दै हुनुहुन्छ ? सुनको भाउ त ७१ हजार पुग्यो नि !


नेपालपाना प्रकाशित: २०७६-४-२८ गते
बिहे गर्दै हुनुहुन्छ ? सुनको भाउ त ७१ हजार पुग्यो नि !

काठमाडौं । सुनको भाउ हालसम्मकै महंगो भएको छ । लगातार मूल्य बढिरहेको सुनको भाउ मंगलबार ७१ हजार रुपैयाँ पुगेको छ । नेपाल सूनचाँदी व्यवसायी महासंघका अनुसार दुईदिनसम्म स्थिर रहेको सुनको भाउ मंगलबार एकैपटक एक हजार रुपैयाँले बढेको हो । 

भाउ आकासिएपछि गहना बजारमा सुनको कारोबार लगभग शुन्यप्रायः छ । बैंकहरुले खरिद गरेको काँचो सुन पनि लकरमै थन्किएको छ । आज मंगलबारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ७ सय र चाँदीको प्रतितोला ८ सय ३५ रुपैयाँ तोकिएको छ। 

सुनको भाउ यसरी नै महंगिए साउनलगत्तै शुरु हुने बिहेबारी पनि प्रभावित हुने देखिएको छ । तडकभडक नगरी सामान्य तरिकाले बिहे गर्ने आदर्श परिवार र जोडीलाई समस्या नभएपनि भड्किलो रवाफ देखाउनुपर्ने र सुनैसुनमा पुरिन खोज्नेहरूको विवाह महंगिने निश्चितप्रायः छ ।


विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ २० पैसा र बिक्रीदर ११४ रुपैयाँ ८० पैसा तोकेको छ  । साउदी रियाल १ को खरिददर ३० र..

भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरम गिरफ्तार, ३ अर्ब ५ करोडको मामिला 
भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरम गिरफ्तार, ३ अर्ब ५ करोडको मामिला 

काठमाडौं । भारतका पूर्व वित्तमन्त्री पी चिदम्बरमलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।  बुधबार बेलुकी घरको भित्ता नै फोडेर प्रहरीले उनलाई समातेको हो । उनलाई..

सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । मंगलबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन बुधबार ७१ हजार ३०० मा कारोबार भएको छ ।  यस्तै तेजावी सुनको मूल्य तोलामा ७१ हजारमा कारोबार भइरहेको नेपाल सु..

डलरको भाउ ११५ रुपैयाँ नाघ्यो, अरु मुद्राको सटहीदर पनि बृद्धि
डलरको भाउ ११५ रुपैयाँ नाघ्यो, अरु मुद्राको सटहीदर पनि बृद्धि

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि प्रतिअमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३ पैसा तोकेको छ ।  साउदी रियाल १ को खरिददर ३० रुप..