लामो दूरीका गाडी दुई चालक अनिवार्य राख्नुपर्ने, नराखे कारबाही


नेपालपाना प्रकाशित: २०७६-४-२९ गते
लामो दूरीका गाडी दुई चालक अनिवार्य राख्नुपर्ने, नराखे कारबाही

काठमाडौं । यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक गाडीमा अनिवार्य दुई जना चालक राख्ने कानूनी व्यवस्था कडाईका साथ कार्यान्वयन गर्ने जनाएको छ । 

सार्वजनिक सूचना नै निकालेर विभागले प्रस्थानबिन्दुबाट २ सय ५० किलोमिटर या त्योभन्दा बढी दूरीमा चल्ने गाडीले दुई जना चालक नराखे कारबाही गर्ने चेतावनी दिएको छ । 

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने गाडीमा कम्तीमा दुई जना चालक अनिवार्य राखी हरेक ६/६ घण्टामा पालैपालो चलाउनुपर्ने प्रावधान छ । 

कानूनी व्यवस्था भएपनि धेरै गाडी व्यवसायीले यो नियम पालना गरिरहेका छैनन् । एउटै चालकले लामो दूरीमा गाडी चलाउँदा थकानका कारण पटक–पटक दुर्घटना हुने गरेको छ । 

लामो दूरीका तथा राति गाडी चलाउने चालक निदाउने, थकान र अरु मानसिक दबाबले दुर्घटना बढ्न थालेपछि विभागले दुई जना चालक हुनुपर्ने नियम पालना गर्न ध्यानाकर्षण गराएको हो ।

पछिल्लो पटक त्रिशुली नदीमा बस खसेर दर्जनौं मानिसहरु वेपत्ता भएपनि सरकारले दुईजना चालक राख्नुपर्ने कानूनी प्रावधान कार्यान्वयन गराउन लागेको हो ।


‘स्वीस बैंकमा पैसा राख्ने नेपाली पत्ता लगाउन कठिन छ’
‘स्वीस बैंकमा पैसा राख्ने नेपाली पत्ता लगाउन कठिन छ’

 काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले विदेशी बैंकमा नेपाली लुकाएका पैसा सरकारले खोजिरहेको बताएका छन्।  बैठकमा अर्थमन्त्र..

भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न विदेश मन्त्री जय..

प्रचण्डद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा सचिवालय बैठककाे आह्वान
प्रचण्डद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा सचिवालय बैठककाे आह्वान

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठक पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&rsqu..

काश्मीरको बारेमा आफ्नो अडान स्पष्ट गर्दै बंगलादेश बोल्यो
काश्मीरको बारेमा आफ्नो अडान स्पष्ट गर्दै बंगलादेश बोल्यो

काठमाडौं । काश्मीरको बारेमा आफ्नो अडान स्पष्ट गर्दै बंगलादेशले धारणा सार्वजनिक गरेको छ । उसले २१ अगष्टमा विज्ञप्तिमार्फत् भारत सरकारको संविधानको धारा ३७० खारेज गर्ने निर्णय..