पूर्व–पश्चिम राजमार्गको पुल भाँचियो, यातायात ठप्प


नेपालपाना प्रकाशित: २०७६-४-२९ गते
पूर्व–पश्चिम राजमार्गको पुल भाँचियो, यातायात ठप्प

नवलपरासी । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलरपरासीस्थित अरुणखोला पुल भाँचिएको छ । ट्रक ठोकिएर पुल क्षतिग्रस्त भएपछि आज बुधबार बिहानैदेखि यातायात आवागमन ठप्प भएको छ । 

ना ६ ख ४७१ नम्बरको ट्रक ठोक्किएपछि पुलबाट ठूला सवारीसाधन आवत–जावत गर्न गर्न सक्ने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ । 

एकाबिहानैदेखि सडक अवरुद्ध भएपछि अरुणखोला वरिपरि गाडीको लामो ताँती लागेको छ । साना सवारीसाधनहरु एकतर्फी सञ्चालनमा आएपनि ठूला सवारीसाधन सञ्चालन गर्न नमिल्ने अवस्था छ । 

तत्काल पूल मर्मत हुन नसक्ने देखिएकाले वैकल्पिक मार्गको प्रयोग गर्न प्रहरीले सुझाएको छ ।


जापानमा भयानक रेल दुर्घटना ट-यो, सबै यात्रु सुरक्षित
जापानमा भयानक रेल दुर्घटना ट-यो, सबै यात्रु सुरक्षित

टोकियो । जापानमा प्रतिघण्टा २८० किलोमिटरको गतिमा गुडिरहेको एउटा रेलको ढोका अचानक खुलेपनि भयानक दुर्घटना टरेको छ ।  बुधबार भएको सो घटनामा ढोका खुलेपछि पनि रेल ४ किलोमिट..

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता
नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता भएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकर आज स्व..

भोलि हिन्दू धर्मावलम्बीको महान् पर्व कृष्ण जन्माष्टमी, प्रदेश २ मा सार्वजनिक बिदा
भोलि हिन्दू धर्मावलम्बीको महान् पर्व कृष्ण जन्माष्टमी, प्रदेश २ मा सार्वजनिक बिदा

काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिइएको छ ।  प्रदेश २ सरकारले जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने न..

भरुवा बन्दुकसहित बल बहादुर पक्राउ
भरुवा बन्दुकसहित बल बहादुर पक्राउ

वर्दिया । भरुवा बन्दुकसहति बारबर्दिया नगरपालिका-५ बस्ने बल बहादुर थारु पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय जयनगरबाट प्रहरीले थारुको घर तलासी गर्ने क्रममा उक्त बन्दुक तथा..