हङकङमा चीनविरोधी प्रदर्शन हिंसात्मक बन्दै, बेइजिङले 'रेडआर्मी' पठायो, विमानस्थल ठप्प


नेपालपाना प्रकाशित: २०७६-४-२९ गते
हङकङमा चीनविरोधी प्रदर्शन हिंसात्मक बन्दै, बेइजिङले 'रेडआर्मी' पठायो, विमानस्थल ठप्प

काठमाडौं । प्रत्यर्पण सन्धीको विरोध गर्दै हङकङमा भईरहेको प्रदर्शनले उग्र रुप लिएको छ ।

हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले पछिल्लोपटक विमानस्थल नै घेराबन्दी गरेका छन् । जसका कारण पछिल्लो दुई दिनदेखि हङकङको नागरिक उड्ययन क्षेत्रमा चर्को असर परेको छ । 

यो प्रदर्शनका कारण चीन सरकार समेत समस्यामा परेको छ । बेइजिङले हङकङ सरकारलाई प्रदर्शनकारीहरुमाथि शख्त कारबाही गर्न निर्देशन दिएको छ । 

संसारकै सबैभन्दा ठूलोमध्येको एक शहर हङकङमा लोकतन्त्र समर्थकहरुले गरेको प्रदर्शनले यतिखेर विश्वकै ध्यान तानेको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन चीनले मुख्य शहर र सिमामा सेनाको बख्तरबन्द गाडी तैनाथ गरेको छ भने हजारौंको संख्यामा सेना परिचालन गरेको छ । 

हङकङमा प्रदर्शन चर्किएपछि अमेरिकालगायत कैयौं देशले ट्राभल एड्भाइजरी जारी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि हङकङको सिमा क्षेत्रमा सेनाको तैनाथी गरेको दाबी गरेका छन् ।

प्रदर्शनकारीहरुले संसारकै व्यस्त विमानस्थलमा यात्रुहरुलाई प्रवेश गर्न दिएका छैनन । हङकङ विमानस्थलबाट दैनिक २ लाख यात्रीहरु आवागमन गर्ने गर्छन् । प्रदर्शनका कारण अहिलेसम्म ३०० भन्दा बढी उडान रद्द भईसकेको छ । 

चीनले यो प्रदर्शनलाई गुण्डाराजको संज्ञा दिँदै आतंकवाद उन्मुख भएको जनाएको छ । साथै, हङकङको सरकारलाई तुरुन्त यो प्रदर्शन अन्त्य गर्न निर्देशन दिएको छ । शैन्यबल प्रयोग गर्ने चेतावनी दिँदै बेइजिङले हङकङको बाहिरी क्षेत्रमा बख्तरबन्द गाडी समेत तैनाथ गरिदिएको छ । 

किन भईरहेको छ प्रदर्शन ?

हङकङमा पछिल्लो १० हप्तादेखि लोकतन्त्र समर्थकहरुले आन्दोलन गरिरहेका छन् । चीनको दक्षिणी भागमा पर्ने हङकङमा ल्याईएको प्रत्यर्पण विधेयकको विरोध गर्दै यो प्रदर्शन शुरु भएको थियो ।

यो विधेयकमा चीनमा अपराध गरी हङकङ आएको मानिसलाई सोधपुछका लागि चीन नै फिर्ता लैजाने व्यवस्था गरिएको छ । बेलायतले सन् १९९७ मा हङकङको क्षेत्र चीनलाई दिएको थियो । 


गोलीकाण्डः अमेरिकाको फ्लोरिडामा चार जनाको मृत्यु
गोलीकाण्डः अमेरिकाको फ्लोरिडामा चार जनाको मृत्यु

काठमाडौं । अमेरिकाको फ्लोरिडामा भएको गोलीकाण्डमा परी दुई जना सर्वसाधारण नागरिक र अरु दुई जना संदिग्ध व्यक्तिको ज्यान गएको छ । समाचारमा जनाइएअनुसार बिहीबार सो गोलीकाण्ड भएको..

सुडानको सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु
सुडानको सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु

सुडान । खार्तुमको एक सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ भने १ सय ३० जना घाइते भएका छन् ।   कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय..

सेनाको चौकीमा आक्रमण, २३ जना मारिए
सेनाको चौकीमा आक्रमण, २३ जना मारिए

काठमाडौं । अफ्रिकी मुलुक बुर्किना फासोमा सेनाको चौकीमा गरिएको दुई वटा आक्रमणका क्रममा करिब २० आतङ्कवादी र तीन सैनिक मारिएको सेनाले जनाएको छ । स्थानीय समयानुसार मङ्गलबार बिह..

भारत-तिब्बत सीमा प्रहरी क्याम्पमा आपसी गोलाबारी, ६ जवानको मृत्यु 
भारत-तिब्बत सीमा प्रहरी क्याम्पमा आपसी गोलाबारी, ६ जवानको मृत्यु 

नयाँ दिल्ली । छत्तीसगढको माओवाद प्रभावित नारायणपुर जिल्लामा भारत–तिब्बत सीमा प्रहरी बलको एक क्याम्पमा आपसी गोलाबारीमा ६ जवानको मृत्यु भएको छ ।   नारायणपुरका एसपी..