आज भारतीय स्वतन्त्रता दिवस, सम्भावित आतंकवादी हमला रोक्न कडा सुरक्षा व्यवस्था


नेपालपाना प्रकाशित: २०७६-४-३० गते
आज भारतीय स्वतन्त्रता दिवस, सम्भावित आतंकवादी हमला रोक्न कडा सुरक्षा व्यवस्था

काठमाडौं । भारतले आज बेलायती उपनिवेशबाट स्वतन्त्र भएको उपलक्ष्यमा ७३ औं स्वतन्त्रतता दिवस भव्य रुपमा मनाउँदैछ । प्रधानमन्त्री नरेन्द्र मोदीले लालकिल्लाबाट देशको नाममा सम्बोधन गर्दैछन् ।

१७ औं शताब्दीमा व्यापारको वहानामा छिरेका बेलायतीहरुले १८ औं शताब्दीमा भारत कब्जा गरेका थिए । अंग्रेजहरुको विरुद्ध लगातार शसस्त्र र निशस्त्र विद्रोह गरेपछि १५ अगस्ट १९४७ मा भारत उपनिवेशबाट स्वतन्त्र भएको थियो ।

सोही दिन बेलायती संसदले ईन्डियन इन्डिपेन्डेन्ट एक्ट, १९४७ जारी गरी सार्वभौमसत्ता भारतको संविधानसभालाई सुम्पेको थियो । 

यही दिनको स्मरणमा भारतले बर्षेनी स्वतन्त्रता दिवस मनाउने गर्छ । स्वतन्त्रता दिवसका दिन आतंकवादी हमला हुनसक्ने जोखिमलाई निस्तेज पार्न अहिले भारतभरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

दिल्लीभर स्थानीय प्रहरी, सुरक्षाकर्मी, यातायात, राष्ट्रिय सुरक्षा गार्ड (एनएसजी), सेना र एसपीजी कमाण्डो तैनाथ गरिएका छन् । आकाशबाट समेत सुरक्षा व्यवस्थाको निगरानी भईरहेको छ ।


मन्दिरमा तीर्थालुहरुबीच भागदौड, चार जनाको मृत्यु
मन्दिरमा तीर्थालुहरुबीच भागदौड, चार जनाको मृत्यु

एजेन्सी । भारतको एक मन्दिरमा भागदौड हुदाँ चार जनाको मृत्यु भएको छ ।  पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरुबीच शुक्रबार भएको भागदौडमा परी चार..

कश्मीर मामिलामा नेपाललाई मुछ्न खोज्दै पाकिस्तान 
कश्मीर मामिलामा नेपाललाई मुछ्न खोज्दै पाकिस्तान 

पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्ति काठमाडौं । जम्मु–कश्मीरलाई विशेषाधिकार दिने संविधानको अनुसूची ३७० खारेज गरेपछि भारतसँग क्रुद्ध बनेको पाकिस्तान..

पाकिस्तानका रेलमन्त्री बेलायतमा कुटिए
पाकिस्तानका रेलमन्त्री बेलायतमा कुटिए

काठमाडौं । विवादित भाषण र बयानबाजीका कारणका चर्चामा आईरहने पाकिस्तानका रेलमन्त्री शेख रशीद बेलायतको लण्डनमा कुटिएका छन् । रशीस तिनै व्यक्ति हुन् : जसले जम्मु–क..

सेनाले गरेको हवाई कारबाहीमा २० तालिबानको मृत्यु
सेनाले गरेको हवाई कारबाहीमा २० तालिबानको मृत्यु

अफगानिस्तान । उत्तरी प्रान्त बाल्खमा अफगानिस्तानको हवाई सैन्य सेनाले गरेको कारबाहीमा परी २० जना तालिबानको ज्यान गएको छ । त्यस क्षेत्रमा तालिबानको बस्ती रहेको सूचनाका आधारमा..