म्यानमारमा डेँगुको महामारी, हालसम्म ४८ जनाको मृत्यु, १० हजार ७ सय प्रभावित 


नेपालपाना प्रकाशित: २०७६-४-३० गते
म्यानमारमा डेँगुको महामारी, हालसम्म ४८ जनाको मृत्यु, १० हजार ७ सय प्रभावित 

याङ्गुन । म्यानमारमा फैलिएको डेँगुका कारण यस वर्ष ४८ जनाको मृत्यु भएको छ। गत सात महिनाको अवधिमा अरु १० हजार ७ सय ५७ जनामा डेँगुको सङ्क्रमणको पुष्टि भएको अधिकारीहरूले जनाएका छन्।

स्वास्थ्य तथा खेलकुद मन्त्रालयअन्तर्गतको सार्वजनिक स्वास्थ्य विभागले बुधबार सार्वजनिक गरेको विवरणमा एयेयार्वाडी क्षेत्रमा सबैभन्दा धेरै जना प्रभावित भएको उल्लेख गरिएको छ।

विभागका अनुसार एयेयार्वाडीमा डेँगुका कारण १९ सय ७४ जना प्रभावित भएको र ५ जनाको मृत्यु भएको छ। त्यसपछि धेरै याङ्गुन क्षेत्रमा १७ सय ८८ जना प्रभावित र १५ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

लामखुट्टेको टोकाइबाट हुने डेँगुबाट प्रभावित भएकाहरूमध्ये पाँचदेखि नौ वर्षसम्मको उमेर समूहका धेरै रहेका छन्।

यसअघि सन् २०१८ मा यस रोगबाट १ सय ८७ जनाको मृत्यु भएको थियो भने ३६ सय ४९ जनालाई सङ्क्रमण भएको पुष्टि भएको थियो। त्यस वर्ष मृत्यु हुनेको सङ्ख्या भने २५ रहेको अधिकारीहरूले जनाएका छन्।


महिनावारी समस्याले चिन्तित हुनुहुन्छ ? यसो गर्नुस्
महिनावारी समस्याले चिन्तित हुनुहुन्छ ? यसो गर्नुस्

काठमाडौं । युवतीहरुमा महिनावारीसँगै विभिन्न समस्याहरु पनि देखिन्छ ।  महिनावारी हुँदा पेट दुख्ने, रगत धेरै बग्ने, वान्ता हुने र महिनावारी अनियमितता जस्ता समस्याका कारण..

प्रधानमन्त्री ओली उपचार गर्न आज फेरि सिंगापुर जाँदै, पुन: किड्नी फेर्ने तयारी
प्रधानमन्त्री ओली उपचार गर्न आज फेरि सिंगापुर जाँदै, पुन: किड्नी फेर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई साताको बीचमा उपचारका लागि भन्दै दोस्रोपटक सिंगापुर जान लागेका छन् । स्वास्थ्य परीक्षणका लागि भन्दै ओली आज दिउँसो साढे १ बजे था..

निमोनियाका कारण वडाध्यक्षको निधन
निमोनियाका कारण वडाध्यक्षको निधन

भोजपुर । निमोनियाले भेटेपछि उपचारक्रममा रहेका पौवादुङमा गाउँपालिका–१ श्यामशीलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ ।  जिल्ला अस्पतालमा उपचार हुन नसकेप..

रोगका रुपमा चिन्ने जन्डिस रोग नभई लक्षण मात्र
रोगका रुपमा चिन्ने जन्डिस रोग नभई लक्षण मात्र

काठमाडौं । हामीले रोगका रुपमा चिन्ने जन्डिस खासमा रोग नभई रोगको लक्षण मात्र हो । जन्डिस, पहेलो जोरो अथवा कमलपित्त कलेजो सम्बन्धी रोगको लक्षण हो । हाम्रो आँखाको सेतो भाग तथा..