गर्मी अत्याधिक बढेपछि जापानमा २३ जनाको मृत्यु, १३ हजार बिरामी परे


नेपालपाना प्रकाशित: २०७६-४-३० गते
गर्मी अत्याधिक बढेपछि जापानमा २३ जनाको मृत्यु, १३ हजार बिरामी परे

टोकियो । जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ। सो कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्याधिक तापका कारण बिरामी भएका १२ हजार ७ सय ५१ जना उपचारका लागि अस्पताल पुगेका छन्।

मृत्यु भएको र बिरामी भएको यो विवरण गत अगस्ट ५ देखि एक हप्तासम्मको मात्रै भएको अधिकारीहरुले जनाएका छन्। अस्पताल गएकामध्ये ४०० जनालाई भर्ना नै गर्नुपरेको उनीहरुको भनाइ छ।

प्रभावित भएकामध्ये सबैभन्दा धेरै टोकियोका रहेका छन्। अधिकारीहरुका अनुसार टोकियोका मात्रै १४ सय ६५ जना अस्पताल गएका थिए भने सैतामाका ९ सय ७७ जना बिरामी भएका थिए।

अस्पतालमा उपचार गराउन आएका यस्ता बिरामीमध्ये ५५ प्रतिशतभन्दा बढी बिरामी ६५ वर्षभन्दा बढी उमेरका रहेको अस्पताल प्रशासनले जनाएको छ।

जापानको मौसम विज्ञान विभागले अहिले जापानमा यो वर्षकै सबैभन्दा धेरै गर्मी भएको बुधबार जानकारी दिएको छ। उनीहरुका अनुसार सबैभन्दा धेरै गर्मी भएको ठाउँमा यस वर्षको सबैभन्दा धेरै तापक्रम ४०.३ सेल्सियस पुगेको छ।


अमेरिकी सैनिकको विमान दुर्घटनाग्रस्त
अमेरिकी सैनिकको विमान दुर्घटनाग्रस्त

एजेन्सी । अमेरिकी सैनिकको विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनाको जिम्मा तालिवानले लिएको छ । अमेरिकी सेनाले सोमबार अफगानिस्तानको पूर्वी क्षेत्रमा आफ्नो..

पाकिस्तानमा फेरी अर्को हिन्दू केटी बिहेकै समयमा अपहरित, हिन्दूहरु 'चिन्तित'
पाकिस्तानमा फेरी अर्को हिन्दू केटी बिहेकै समयमा अपहरित, हिन्दूहरु 'चिन्तित'

काठमाडौं । पाकिस्तानमा फेरी अर्को हिन्दू कन्या अपहरणमा परेकी छन् ।  पाकिस्तानी पुलिस र सेनाको सहयोगमा अपहरणकारीले भारती नन्दन निशाको अपहरण गरेको खुलेको छ । भारतीको केह..

कोरोनाले ग्रस्त चीन भारतसँग निहुँ खोज्‍न फेरि राष्ट्रसंघ पुग्यो
कोरोनाले ग्रस्त चीन भारतसँग निहुँ खोज्‍न फेरि राष्ट्रसंघ पुग्यो

काठमाडौं : आफ्नै भूमीमा पैदा भएको कोरोना भाइरसबाट ८० भन्दा बढी नागरिकको मृत्यु भइरहँदा संकट समाधान गर्नुको साटो चीन छिमेकी भारत अधिनस्थ कास्मीर मामिला लिएर संयुक्त राष्ट्..

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, साढे २ हजार सङ्क्रमित
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, साढे २ हजार सङ्क्रमित

चीन । कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ८० पुगेको छ भने दुइ हजार ७४४ जना सङ्क्रमित भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । सङ्क्रमितमध्य..