कमल थापा उवाच–"नेपालका दलहरु क्वाँटीजस्तै हुन्"


नेपालपाना प्रकाशित: २०७६-४-३० गते
कमल थापा उवाच–"नेपालका दलहरु क्वाँटीजस्तै हुन्"

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालका राजनीतिक दलहरुलाई क्वाँटीको संज्ञा दिएका छन् । 

विद्युतीय सामाजिक सञ्जाल ट्वीटर क्वाँटीबारे जानकारी दिन आग्रह गरेपछि त्यसमा कमल थापाले जवाफ दिएका छन् । थापाले लेखेका छन्– "क्वाँटी भनेको नेपालका राजनीतिक दलहरु जस्तै हो, जहाँ लोभी र दानी, धार्मिक र पापी, सज्जन र दुर्जन, निष्ठावान र अवसरवादी, भ्रष्टाचारी र इमान्दार, असल र खराब सबैसँगै अटाउँछन्, बस्छन् र जनतालाई थरीथरीका स्वाद दिन्छन् ।"

थापाले व्यंग्यात्मक शैलीमा क्वाँटीलाई दलहरुसँग तुलना गरिरहँदा त्यसमा दक्षिणपन्थी धारको नेतृत्व गर्ने उनकै पार्टी समेत पर्ने भैहाल्यो । 

आज जनैपूर्णिमाको दिन नेपालीहरु नौ प्रकारका गेडागुडी एकैए ठाउँमा भिजाई क्वाँटी बनाएर खाने चलन छ ।


कांग्रेसको चियापान समारोह आज, विभिन्न दलका नेता पनि आउने
कांग्रेसको चियापान समारोह आज, विभिन्न दलका नेता पनि आउने

काठमाडौं । नेपाली कांग्रेसले आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ। विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा..

सी र देउवाबीच भेटवार्ता, २० मिनेट सँगै बिताए
सी र देउवाबीच भेटवार्ता, २० मिनेट सँगै बिताए

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनियाँ राष्ट्रपति सी जिनपिङ्ग र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता सम्पन्न भएको छ ।  सीले देउ..

बाबुराम र विप्लव नेकपाकै गाडीमा, ११ नेताका गाडी नेकपाको सम्पत्ति
बाबुराम र विप्लव नेकपाकै गाडीमा, ११ नेताका गाडी नेकपाको सम्पत्ति

काठमाडौं । गाडी अन्य पार्टीका नेताहरुले चढिरहेका छन् । तर सत्तारुढ नेकपाले ती सबै आफ्नो पार्टीको सम्पत्ति विवरणमा राखेको छ । नेकपाले प्रतिबन्धित नेकपा महासचिव नेत्रविक्रम..

महरा प्रकरणमा प्रहरीले लियो एक्सन, को जान्छ जेल?
महरा प्रकरणमा प्रहरीले लियो एक्सन, को जान्छ जेल?

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरामाथिको यौन दुर्व्यवहार आरोपका विषयमा प्रहरीले ‘फरेन्सिक जाँच’ गर्ने भएको छ ।  यौन दुर्व्यवहार भएको भनिएको..