‘मिथिलाको इतिहासिकतालाई बुझेर प्रदेश-२ को नाम हुनुपर्छ’


नेपाल पाना प्रकाशित: २०७६-५-१ गते
‘मिथिलाको इतिहासिकतालाई बुझेर प्रदेश-२ को नाम हुनुपर्छ’

जनकपुरधाम । नेता राम सरोज यादवले मिथिलाको इतिहासिकतालाई बुझेर प्रदेश–२ को नाम मिथिला प्रदेश हुनुपर्ने बताएका छन् ।

जनकपुरधाममा आयोजित मिथिला नाट्यकला परिषदको ४० औं साधारण सभामा बोल्दै नेता यादवले मिथिला बाहेकको नाममा चर्चा नै गर्नु नै व्यर्थ रहेको बताए । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको यो सरकारले प्रदेशको नामाकरण गर्न नचाहेको समेत यादवले आरोप लगाए ।

यादवले भने, ‘मैले पटक पटक मुख्य मन्त्रीलाई नामाकरण र राजधानीबारे गम्भीर बन्न आग्रह गरे। तर, आफूले अहिलेसम्म यसको कुनै जवाफ पाएको छैन ।’ यो क्षेत्र र सीमा मिथिला बाहुल्य रहेकाले आफू र आफ्नो पार्टीले बारम्बार यस प्रदेशको नामाकरण मिथिला वा मिथिला भोजपुरा हुनुपर्ने सदनमा समेत कयौं पटक बोलिसकेको बताए ।

एक मधेश प्रदेशको मुद्दा छोडेको मधेशवादी दलप्रति आक्रोश व्यक्त गर्दै यादवले भने, ‘मधेशलाई २२ जिल्लासम्म सीमांकन गरेको मधेशवादी दल आज किन आठ जिल्लामा मधेशलाई सीमित गर्न खोजेको ? भन्दै प्रदेशसभाका सदस्य समेत रहेका यादवले प्रदेश–२ सरकारसँग प्रश्न गरेका छन। ।


अब प्रतिनिधिसभाको बैठक फागुन १३ गते बस्ने
अब प्रतिनिधिसभाको बैठक फागुन १३ गते बस्ने

काठमाडौँ । अब प्रतिनिधिसभाको बैठक फागनु १३ गते बस्ने भएको छ ।  आज बसेको प्रतिनिधि सभाको बैठकको सुरुमा नै काँग्रेसका सांसदले आसनबाट उभिएर विरोध जनाएपछि फागुन १३ गतेसम्म..

गोकुल बाँस्कोटालाई बर्खास्त गर्नेबारे ओली र प्रचण्डबीच छलफल
गोकुल बाँस्कोटालाई बर्खास्त गर्नेबारे ओली र प्रचण्डबीच छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सञ..

गोकुल बाँस्कोटाले राजीनामा दिने, प्रधानमन्त्रीले दिए निर्देशन
गोकुल बाँस्कोटाले राजीनामा दिने, प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं । करोडौं कमिसन काण्डमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई राजीनामा दिन दबाब परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिपक्षी नेपाली कांग्रेसले बाँस्कोटालाई राजीनामा द..

सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर: कांग्रेस
सञ्चारमन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर: कांग्रेस

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरेर अनुसन्धान गर्न नेपाली कांग्रेसले माग गरेको छ । सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका बास्कोटाला..