एसइईको ग्रेड वृद्धिको परीक्षामा विद्यार्थीभन्दा निरीक्षक धेरै


नेपालपाना प्रकाशित: २०७६-५-३ गते
एसइईको ग्रेड वृद्धिको परीक्षामा विद्यार्थीभन्दा निरीक्षक धेरै

घोराही । अहिले देशभर एसइईको ग्रेड वृद्धिको परीक्षा भइरहेको छ। दाङमा पनि आइतबारदेखि ग्रेड वृद्धिका लागि परीक्षा चलिरहेको छ। जिल्लाका सबै क्षेत्रका परीक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परीक्षा केन्द्र तोकेर ग्रेड वृद्धिको परीक्षा सञ्चालन भइरहेको छ।

घोराहीको पद्मोदय नमूना माध्यामिक विद्यालय, दीपशिखा मावि, सरस्वती मावि काठेकोहल, बालविकास मावि, गोरक्षरत्ननाथ मावि चौघेरा, शुभप्रभात मावि, रझेना मावि, शान्तिसुधा मावि, पद्मोदय मावि र गोरखा इन्टरनेश्नल मावि गरी ९ विद्यालयमा जिल्लाभरका परीक्षार्थीको ग्रेड वृद्धिको परीक्षा सञ्चालन गरिएको हो। जसमा विद्यार्थीको निकै न्यून सहभागिता देखिएको छ। कतै विद्यार्थीको शून्य सहभागिता छ भने कतै एकरदुई जनाको भरमा केन्द्र सञ्चालन गरिएको छ।

आइतबार अङ्ग्रेजीको परीक्षा दिएका विद्यार्थीले सोमबार नेपालीको परीक्षा दिएका थिए। दोस्रो दिन नेपालीको परीक्षामा तोकिएको केन्द्रमा विद्यार्थीको न्यून सहभागिता देखियो। एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, चार सुरक्षाकर्मी, एक निरीक्षक र एक सहयोगी गरी कम्तीमा आठ जनालाई परीक्षा केन्द्रमा खटाइएको छ। कतै निरीक्षकको सङ्ख्या धेरै पनि छ। उनीहरुलाई शिक्षा विकास तथा समन्वय इकाइले छुट्टै भत्ताको व्यवस्थासहित परीक्षा केन्द्रमा खटाएको हो।

ठूलो सङ्ख्यामा परीक्षा केन्द्रमा शिक्षक, कर्मचारी, सुरक्षाकर्मी खटाइए पनि विद्यार्थी सङ्ख्याभन्दा निरीक्षकको सङ्ख्या धेरै पाइएको छ। सोमबार चलेको नेपाली विषयको परीक्षामा घोराहीको दीपशिखा माविमा तोकिएको केन्द्रमा विद्यार्थीको शून्य सहभागिता रहेको थियो। नेपाली विद्यार्थीको केन्द्र परेको दीपशिखामा त्यही विद्यार्थी अनुपस्थिति भएपछि परीक्षा केन्द्र परीक्षा अवधिभर सुनसान देखियो।

ग्रेड वृद्धिको परीक्षा केन्द्र तोकिएको सरस्वती माविमा पनि चार विद्यार्थीको केन्द्र परेकामा दुई अनुपस्थित भए भने दुईले मात्रै परीक्षामा सहभागिता जनाएका थिए। शिक्षा विकास तथा समन्वय इकाइका अनुसार ग्रेड वृद्धिका लागि गोरक्षारत्न नाथमा दुई, शान्तिसुधामा एक, गोरखामा १४, पद्मोदय माविमा ११, बाल विकासमा १५, शुभप्रभावमा चार र रझेना माविमा २४ विद्यार्थीले परीक्षामा सहभागिता जनाएका थिए।

सोमबार जिल्लाभरका १ सय ३१ विद्यार्थीमध्ये ७७ विद्यार्थी नेपाली विषयको परीक्षामा सहभागी भएका थिए भने ५४ अनुपस्थित भएका थिए। जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख रामलाल खड्काले ग्रेड वृद्धिको परीक्षामा कुनै विषयको परीक्षामा धेरै र कुनै विषयको परीक्षामा थोरै विद्यार्थी सहभागी हुनु स्वाभाविक भएको बताए।


गणितलाई हटाईए देशव्यापी आन्दोलनको आँधीबेहरी ल्याउने विज्ञहरुको चेतावनी
गणितलाई हटाईए देशव्यापी आन्दोलनको आँधीबेहरी ल्याउने विज्ञहरुको चेतावनी

काठमाडौं । गणित विषयलाई नयाँ पाठ्यक्रम प्रारुपबाट हटाईएपछि त्यसको विरोध सुरु हुन थालेको छ ।  सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर सरोकारवालाहरु..

भारतको सहयोगमा अरविन्द आश्रम विद्यालयलाई नव निर्मित भवन
भारतको सहयोगमा अरविन्द आश्रम विद्यालयलाई नव निर्मित भवन

काठमाडौं । भारत सरकारको सहयोगमा थानकोटस्थित अरविन्द आश्रम विद्यालयले नव निर्मित भवन पाएको छ ।  आज भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले अरविन्द आश्र..

मेची क्याम्पसमा बौद्धिक पार्क निर्माण
मेची क्याम्पसमा बौद्धिक पार्क निर्माण

झापा । मेची बहुमुखी क्याम्पसको हाताभित्र प्रदेश नं १ का पाँच विभूतिको प्रतिमासहित बौद्धिक पार्क निर्माण शुरु गरिएको छ ।  शहीद राम थापाको शालिकको उत्तरपट्टि निर्माण हुन..

अब प्रयोगात्मक परीक्षामा विद्यार्थीले वास्तविक अङ्क पाउने
अब प्रयोगात्मक परीक्षामा विद्यार्थीले वास्तविक अङ्क पाउने

काठमाडौँ । अबदेखि विद्यालय तहमा तोकिएको मापदण्डका आधारमा मात्र प्रयोगात्मक परीक्षाको अङ्क दिन पाइने भएको छ ।  राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले स्वीकृत..