मेट्रो रेलमा भारतीय र चिनीयाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु 


नेपाल पाना प्रकाशित: २०७६-५-३ गते
मेट्रो रेलमा भारतीय र चिनीयाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु 

काठमाडौँ । काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण र सञ्चालन गर्न विस्तृत सम्भाव्यता अध्ययन (डिपीआर) का लागि भारत र चिनियाँ कम्पनीबीच प्रतिस्पर्धा सुरु भएको छ । 

लगानी बोर्डको आगामी बैठकमा दुईवटा कम्पनीको प्रस्ताव मूल्यांकन प्रतिवेदन पेस गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ । चारवटा प्रस्तावमध्ये दुईवटाको मुल्यांकन गर्दा उपयोगी देखिएकाले मुल्यांकन प्रतिवेदन बोर्डमा पेश गर्ने तयारी भएको लगानी बोर्डका एक अधिकारीले बताए ।

अहिले डिपीआरका लागि राइट्स (रेल इन्डिया टेक्निकल एनड सर्भिसेज) र चीनको संयुक्त कम्पनी चाइना रेलवे सियुवान सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडबीच तीब्र प्रतिस्पर्धा चलिरहेको छ । अन्नपूर्ण दैनिकबाट


सञ्‍चार मन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुन्छः गृहमन्त्री थापा
सञ्‍चार मन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुन्छः गृहमन्त्री थापा

मकवानपुर । गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्‍चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुने बताएका छन् ।  सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद..

नेपाली बजारमा सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव 
नेपाली बजारमा सुनदेखि लसुनसम्म कोरोना भाइरसको प्रभाव 

काठमाडौं । चीनमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ । चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा ची..

काखबाटै खोसेर विदेश तस्करी
काखबाटै खोसेर विदेश तस्करी

काठमाडौं । सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गर्थे। उनीहरूका तीन छोरामध्ये दुई थिए– रामकुमार र बालकृष्ण। उनी..

जर्मनी गोलीकाण्डः आठको मृत्यु, कयौ घाइते
जर्मनी गोलीकाण्डः आठको मृत्यु, कयौ घाइते

काठमाडौं । जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएका छन् । प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा छ रहेक..